+
+

गुल्मीको तम्घास ल्याउँदै गरेको ६० लिटर घरेलु रक्सी नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १८:४९

१६ मंसिर, गुल्मी । गुल्मीमा सवारी सधानमा राखेर तम्घास ल्याउदै गरेको घरेलु रक्सी प्रहरीले बरामद गरेर नष्ट गरेको छ ।

रिडीबाट तम्घासतर्फ आउँदै गरेका चार वटा सार्वजनिक सवारी साधनबाट देउरालीमा जाँचका क्रममा प्रहरीले घरेलु रक्सी फेला पारेको थियो ।

त्यो रक्सी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।

त्यो रक्सी सदरमुकाममा बिक्रीका लागि ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?