+
+

सन्दीपविरुद्धको मुद्दा : अस्पतालबाट किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १९:३७

१२ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउने किशोरीको जन्मसम्बन्धी प्रमाण अस्पतालबाट झिकाउन आदेश दिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको उमेर विवाद निरुपण गर्न अस्पतालबाट कागजात झिकाउन आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

अदालतले क्रिकेटर देव खनाल र किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि पनि बोलाउन आदेश दिएको छ । मंगलबार जाहेरवाला, सरकारी साक्षी र सन्दीप लामिछानेका साक्षीको अदालतले वयान लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?