+
+

म्यानचेस्टर सिटीलाई हराउँदै साउथह्याम्प्टन लिग कपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते ११:४८

२८ पुस, काठमाडौं । साउथह्याम्प्टनका प्रशिक्षक नाथान जोन्सले आफ्नो छोटो कार्यकालमा एक ठूलो जित हासिल गरेका छन् । उनको टिमले उपाधि दावेदार म्यानचेस्टर सिटीलाई पराजित गरी लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ ।

लुटन टाउन आएयता जोन्स आफ्ना समर्थकको अनुहारमा खुसी ल्याउन संघर्षरत छन् । तर, प्रिमियर लिगमा संघर्ष गर्नपरे पनि उनीहरुले कपमा आफ्नो शानदार लयलाई पुनः प्रदर्शित गरेका छन् ।

साताको अन्तिममा ओल्ट ट्राफोटमा म्यानचेस्टर युनाइटेडसँगको खेललाई मध्यनजर गरी सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना प्रमुख खेलाडीहरु इर्लिङ हलान्ड र केभिन डी ब्रुयेनलाई आराम दिएका थिए । यति हुँदाहुँदै पनि साउथह्याम्प्टन आफैंमा गतिशील देखिएको थियो ।

यो खेल पहिलो हाफमा नै निर्णायक बनिसकेको थियो । २३औं मिनेटमा सेकोउ माराले टिमलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि मोउसा जेनेपोले लङ रेन्जमार्फत शानदार गोल गरे ।

ग्वार्डिओलाले दोस्रो हाफमा हलान्ड र ब्रुयेनलाई मैदान पठाए पनि साउथह्याम्पटन सेमिफाइनलमा पुग्ने दृढताका साथ आफ्नो अग्रतालाई बचाउन सफल रह्यो ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?