+
+

भ्यान दुर्घटनामा ११ यात्रुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १३:५१

९ माघ, काठमाडौं । थाइल्याण्डमा यात्रु बोकेको भ्यानमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मृत्यु हुनेमा दुई बालबालिका रहेका छन् ।

यात्रु बोकेको भ्यान राजमार्गमा जाने क्रममा शनिबार राति नाखोन रातचासिमा प्रान्तमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण भ्यानमा आगो लागेको छ । गाडीमा जम्मा १२ जना सवार थिए ।

उक्त गाडी अमानत चारियोन प्रान्तबाट बैंकक जाँदै गरेको समाचार एजेन्सी एएफपीले प्रहरी अधिकृत यिंगोस पोलाडजेलाई उद्धृत गर्दै जनाएको छ ।

दुर्घटनालगत्तै एक यात्रुले झ्यालबाट निस्किएर ज्यान जोगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?