+
+

बन्द रहेका नेपालका ६ हल ‘पठान’ देखाउन भोलिदेखि पुनः सञ्चालन हुँदै

‘पठान’ले ‘कबड्डी ४’को आधा ओपनिङ गर्ने वितरकको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १५:०८

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान स्टारर फिल्म ‘पठान’ भोलि (बुधबार)देखि विश्वका १०० भन्दा बढी देशमा रिलिज हुँदैछ । भारतबाहेकका मुलुकमा यो फिल्म २५ सय पर्दाबाट रिलिज हुन लागेको बलिउड सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या बलिउडका लागि अहिलेसम्मकै उच्च रहेको जनाइएको छ ।

नेपालमा समेत यो फिल्म १५० भन्दा बढी हलमा रिलिज हुँदैछ । पठानको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार बन्द भइसकेका ६ वटा नेपालका हल ‘पठान’सँगै पुनः सञ्चालन हुँदैछन्, जसमा मोरङको विराटचोक, पाल्पा, गोरखा, सर्लाहीको बरथहवा, दोलखाको चरिकोट र उदयपुरको गाईघाटमा रहेका हलहरु छन् । ‘सधै‌भरि पुनः सञ्चालन हुने योजनासहित यी हल चल्न लागेका हुन्,’ कम्पनीका मनोज राठीले अनलाइनखबरसँग भने ।

भारतमा भने बन्द भइसकेका २५ हल ‘पठान’ रिलिजसँगै पुनः सञ्चालनमा आउन लागेको जनाइएको छ ।

नेपालमा बुधबारका ९० प्रतिशत शो मंगलबारसम्मै अग्रिम बिक्री भइसकेको छ । वितरक राठीले बुधबारको ओपनिङमा अकुपेन्सी शतप्रतिशत पुग्ने र डेढदेखि दुई करोड रुपैयाँ ग्रस कमाउने दाबी गरे । कबड्डी ४ को कुल ओपनिङको आधा पठानले गर्ने उनको तर्क छ । कबड्डी ४ को ओपनिङ २ करोड ९० लाख रुपैयाँ ग्रस थियो ।

हलहरु थपिएको र सोलो रिलिज भएकाले पनि पठानको कमाइमा कुनै अवरोध नआउने अनुमान ब्यांकटेस इन्टरटेनमेन्टको छ । नेपालमा पठानको क्रेज निकै उच्च देखिएको छ भने शाहरुख खानका फ्यानले प्रमुख मल्टिप्लेक्समा बुधबारका केही शो बुकिङ गरिसकेको समेत जनाइएको छ ।

झण्डै साढे दुई करोडमा खरिद गरिएको नेपाल राइटको लगानी उठाउन पनि फिल्मले न्यूनतम नौ करोड रुपैयाँ ग्रस कमाउनुपर्छ । सुरुवाती चार दिनमा फिल्मको कमाइ साढे चारदेखि पाँच करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

पठानलाई नेपालको सेन्सर बोर्डले २ घण्टा २७ मिनेट लम्बाइ तय गरिदिएको छ । दर्शकले झण्डै तीन घण्टा हलमा बिताउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?