+
+

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट, १८ हजार ६४० जनालाई १० कित्ता सेयर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते ११:५५

१९ माघ, काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाट भएको छ ।

कम्पनीले तीन माघदेखि ६ माघसम्म सर्वसाधारणलाई ८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर जारी गरेकेा थियो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको थियो । जसको १० प्रतिशतले हुने एक लाख ८ हजार कित्ता सेयर वैदेशीक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेकेा छ ।

त्यस्तै पाँच प्रतिशतले हुने ५४ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र २ प्रतिशतले हुने २१ हजार ६०९० कित्रा सेयर कर्मचारीको लागि छुट्याएर बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।

कम्पनीको उक्त आईपीओमा १४ लाख ७३ हजार ९६९ जना आवेदकले १ करोड ६६ लाख ७० हजार ९९० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार २०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी गराएको छ ।

उक्त आईपीओ बिहीबार बिहान बाँडफाँट भएको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशीका अनुसार गोलप्रथाबाट आईपीओ बाँडफाट गर्दा आवेदन दिएका ८९ हजार ६४० जना आवेदकलाई गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर दिइएको छ ।

आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेरो सेयर, कालिन्चोक दर्शनको वेबसाइट र सीडीएससीले आईपीओको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?