+
+

टर्कीमा फेरि शक्तिशाली परकम्प, मृतकको संख्या १२ सय नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १७:०१

२३ माघ, काठमाडौं । टर्कीमा फेरि शक्तिशाली परकम्प गएको छ । नेपालको समय अनुसार आज शनिबार बिहान ७ बजेर २ मिनेटमा त्यहाँ ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो ।

त्यसपछि पनि त्यहाँ परकम्पहरु गइरहेका छन् । जसमध्ये नेपालको समय अनुसार दिउँसो ४ बजेर ९ मिनेटमा ७.५ म्याग्निच्युटको अर्को शक्तिशाली परकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी देशमा समेत महसुस भएको छ । टर्कीपछि सिरियामा भूकम्पबाट धेरै क्षति भएको छ । दुई देशमा गरेर अहिलेसम्म १ हजार २०० जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

टर्कीका राष्ट्रपति रिसेप इर्डोगनले आफ्नो देशमा मात्रै अहिलेसम्म ९१२ जनाको मृत्यु भएको छ ५ हजार ३०० जना घाइते भएको जानकारी आएको बताएका छन् ।

सिरियामा पनि ३२० जनाको मृत्यु भएको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

उद्धारकर्ताहरुले भूकम्पबाट भत्किाएका भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?