+

जन्डिस भएमा खानेकुरा बार्नुपर्छ ?

२०७९ फागुन  ४ गते २२:०० २०७९ फागुन ४ गते २२:००
Shares
जन्डिस भएमा खानेकुरा बार्नुपर्छ ?

अनुहार, आँखा, हातमा पहेंलो देखिएमा जन्डिस भएको शंका गरिन्छ । तर जण्डिस भए नभएको प्रमाणित नै नभई पहेंलो रंगका खानेकुरा बार्ने प्रवृत्ति समाजमा व्याप्त छ । त्यति मात्र होइन, धेरैलाई  जन्डिस किन हुन्छ ? कहाँ हुन्छ ? के कारणले हुन्छ भन्नेबारे जानकारी नहुँदा सामान्य बन्ने जन्डिस पनि जटिल बन्दै जान्छ ।

शरीरमा बिलुरुविनको मात्रा २.५ भन्दा बढी भयो भने आँखादेखि शरीरका विभिन्न भाग पहेंलो हुनु जन्डिस हो । जन्डिस एउटा रोग नभएर विभिन्न रोगले शरीरको विभिन्न भागमा देखाउने एक संकेत मात्र हो ।

रगतमा भएको हेमोग्लोबिनमा कुनै कारण अवरोध आएपछि कलेजोमा पुगेर बिलिरुबीन बन्छ । बिलिरुबीन कलेजोले छानेपछि शरीरबाट बाहिर निस्कन्छ तर कुनै कारणले रगतबाट  कलेजोमा प्रवेश नगर्दा वा कलेजोले छान्ने नगर्दा शरीरमा यसको मात्रा बढ्छ । जसले जन्डिस निम्त्याउँछ । प्रायः व्यक्तिमा हेपाटाइटिसका कारण जन्डिस देखिन्छ । हेपाटाइटिस ए, बी, सी, डी र ईमध्ये हेपाटाइटिस ए र ई प्रदूषित खाना र दूषित पानीले सर्छ भने बी, सी र डी रगतको संक्रमणबाट सर्छ । जाँडरक्सी खानेहरुमा कलेजो बिग्रिएर पनि जन्डिस हुन सक्छ ।

त्यस्तै, नवजात शिशुमा पनि जन्डिस देखिन सक्छ । शिशुमा देखिने जन्डिसमा आँखा पहेंलो हुन्छ तर धेरै असर गर्दैन । बिस्तारै आफैं हराएर जान्छ । कलेजोमा हुने क्यान्सर र लिभर सिरोसिस हुँदा जन्डिस हुन्छ । पित्तथैलीमा पत्थरी वा पित्तक्यान्सर र आमाशयमा पनि बिलुरुबिनको मात्रा बढ्यो भने जन्डिस देखिन्छ ।

लक्षण

रोगअनुसारको लक्षण देखिन्छ । हेपाटाइटिस ए र ई भएमा जीउ दुख्ने, ज्वरो आउने हुन्छ । क्यान्सर भएका जन्डिस भएका बिरामीमा तौल घट्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिन्छ । त्यसबाहेक खाना नरुच्ने, शरीर कमजोर हुँदै जाने, पेट दुख्ने, पिसाबमा पहेंलो देखिनु, आँखाको सेतो भाग पहेंलो हुने जन्डिसका लक्षण हुन् ।

यसको कारण पत्ता लगाउन सुरुमा लिभर फङ्क्सन र रगत परीक्षण गरिन्छ । त्यसबाट भएन भने अल्ट्रा साउण्ड  र एमआरआई पनि गरिन्छ । हेपाटाइटिसको शंका भएमा त्यसको पनि परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । यसको कारण पत्ता लगाएर मात्र उपचार गर्नुपर्छ । खाना बार्ने, विना जाँच औषधि खाएर झनै जन्डिस बिग्रिन सक्छ ।

उपचार

डा. अखिलेश कश्यप

जन्डिसको विशेष उपचार हुँदैन । यद्यपि घरेलु उपचार विधिबाट परीक्षण नै नगराई उपचार गराउन भने हुँदैन । चिकित्सकबाट यसको कारण पत्ता लगाई त्यसको उपचार गरेपछि स्वतः जन्डिस ठीक हुन्छ । हेपाटाइटिस ए र ई भएकाहरुमा पोषणयुक्त खानेकुरा खाने र आराम गरेमा एक महिनामा ९८ प्रतिशत आफैं ठीक हुन्छ । तर त्यो अवधिमा खानेकुरा बार्ने भन्दै केही नखाँदा जटिलता बढ्छ । हेपाटाइटिस बी र सी भएमा अस्पतालमा उपचारसँगै चिकित्सकको निर्देशनअनुसार औषधि खाएर मात्र निको हुन्छ । हेपाटाइटिस बी देखिएकामा दुई वर्षसम्म र सी भएमा दुई महिनाको अवधिमा ठीक हुन्छ । पत्थरी भएकाहरुमा त्यसको उपचार गरेपछि मात्रै जन्डिस ठीक हुन्छ ।

खानेकुरा बार्नु आवश्यक छैन 

आँखामा पहेंलो देखिएपछि धेरैजसोले पहेंलो खानेकुरा खान छाड्छन्, जुन गलत हो । जन्डिसमा पहेलो रंगको खानेकुरा खान नहुने भन्ने कुनै वैज्ञानिक तथ्य छैन । जति खानेकुरा छाडिन्छ त्यति नै शरीर कमजोर हुँदै थप स्वास्थ्य अवस्था बिग्रिन्छ  । खानेकुरामा दाल, भात, तरकारी, फलफूल अमिलो, पिरो, चिल्लो, नुन, तेल, बेसार र मसला सबै थोक ठीक मात्रामा खान सकिन्छ ।

हेपाटाइटिस बी र सी भएकाहरुमा जन्डिस भयो र उपचार नभएमा जटिलताको रुपमा लिभर सिरोसिस हुन्छ । गर्भवती हुँदा महिलामा दूषित पानीले सर्ने हेपाटाइटिस ई छ भने स्वास्थ्यमा जोखिम हुन सक्छ । जुन चिकित्सकको कडा निगरानीसहितको उपचारमा ठीक हुन्छ ।

(डा. कश्यपले भारतको मणिपाल विश्वविद्यालयबाट मेडिसिनमा एमडी, एम्सबाट ग्यास्ट्रोइन्ट्रोलोजीमा फेलोसिप र न्याम्सबाट ग्यास्ट्रोइन्ट्रोलोजी डीएम गरेका छन् ।)

खानेकुरा जन्डिस
डा. अखिलेश कश्यप
लेखक
डा. अखिलेश कश्यप
पेट तथा कलेजोरोग विषेशज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ४०६८ एमडी, डीएम हाल ग्रान्डी इन्टरनेसनल अस्पतालमा कन्सलटेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट तथा हेपाटोलोजिस्टको रुपमा कार्यरत, ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?