+
+

देउवालाई लोसपा नेताहरुको प्रस्ताव : राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा सहमति गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १२:१३

१० फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् ।

लोसपाका नेताहरु बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासको निवास पुगेका थिए । भेटमा आफूहरुले कांग्रेस र एमालेले एकअर्कालाई स्वीकार नगर्ने अवस्थामा ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव राखेको लोसपा नेता सर्वेन्द्रनाथ शुक्लले बताए । उनले भने, ‘महन्थ ठाकुरजी, जसले लामो समय कांग्रेसमा काम गर्नुभयो । कांग्रेसप्रति सकारात्मक नै हुनुहुन्छ ।’

सहमतिको निम्ति उपयुक्त पात्र हुनसक्ने ठहर गरेर नै आफूहरुले ठाकुरलाई अघि सारेको लोसपाका अर्का नेता शरतसिंह भण्डरीले बताए । आफूहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटेर ठाकुरको नाममा सहमति जुटाउने प्रस्ताव राखेको उनले बताए ।

तीनै नेताले आफ्नो पार्टीमा छलफल गर्ने बताएको भन्दै लोसपा नेता भण्डारी भन्छन्, ‘सहमतिका लागि छलफल सुरु भएको छ, उहाँको नाममा सहमति हुन सम्भावना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?