+
+

उपत्यका निर्माण व्यवसायी संघको नयाँ नेतृत्वका लागि गौतमको प्यानल घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १२:०४

११ फागुन, काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको नयाँ नेतृत्वका लागि कृष्ण गौतमले प्यानल घोषणा गरेका छन् ।

संघको १७ औं साधारण सभा तथा नवौं अधिवेशनमा वर्तमान अध्यक्ष समेत रहेका गौतमको नेतृत्वमा पदाधिकारी सहितको उम्मेदवारी बुधबार घोषणा भएको हो ।

गौतम प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कमला भट्टराई काफ्ले, प्रथम उपाध्यक्षमा लक्ष्मण थपलिया (दुर्लभ) ), द्वितीय उपाध्यक्षमा तिलक लामा, महासचिवमा पञ्चबहादुर तामाङ (विजय) उम्मेदवार भएका छन् । गौतम प्यानलबाट २ उपमहासचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्ष पदमा समेत उम्मेदवारी घोषणा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?