+
+

‘नम्बरी सुन’को छायांकन सकियो, कात्तिक २४ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १३:४४

काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’को छायांकन सकिएको छ । काठमाडौं र लमजुङको भुजुङ गाउँमा खिचिएको फिल्मको छायांकन एक महिनामा सकिएको छ । अब यो फिल्म आगामी कात्तिक २४ गते रिलिज हुने भएको छ ।

७० वर्ष पुरानो कथामा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता नारायण खाती हुन् । फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी र मन महर्जनको अभिनय छ ।

सुवर्ण शिवांश प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन छ । फिल्म सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर बनाएका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?