+

‘अहिले स्तन नकाटी शल्यक्रिया गरेर क्यान्सर निको पार्न सकिन्छ’

२०७९ फागुन  २९ गते १३:५० २०७९ फागुन २९ गते १३:५०
‘अहिले स्तन नकाटी शल्यक्रिया गरेर क्यान्सर निको पार्न सकिन्छ’

काठमाडौं । महिलामा देखिने क्यान्सरमध्ये स्तन क्यान्सर पनि एक हो । यद्यपि यो पुरुष र महिला दुवैलाई हुन्छ । यो एकदमै गम्भीर प्रकारको क्यान्सर हो । स्तन क्यान्सर स्तनको जुनसुकै भागबाट सुरु हुन सक्छ ।

स्तन क्यान्सर कुनै उमेर समूहलाई मात्र हुन्छ कि जुनसुकै उमेरकालाई ? स्तन क्यान्सर भएमा यसको पहिचान र उपचार कसरी हुन्छ ? लगायत विषयमा त्रिवि शिक्षण अस्पतालको रेडियोलोजी विभागमा सहायक प्राध्यापक डा. अनामिका झासँग गरिएको कुराकानी :

सुत्केरी छँदा स्तनपान नगराउने महिलामा स्तन क्यान्सरको जोखिम हुन्छ भनिन्छ । यो सत्य हो ?

यो एकदमै सत्य हो । सुत्केरी छँदा स्तनपान नगराउने महिला र ढिलो उमेरमा विवाह गरेर ढिलो बच्चा जन्माउने महिलामा पनि स्तन क्यान्सरको जोखिम हुन्छ ।

स्तन क्यान्सर खासमा के कारणले हुन्छ ?

स्तन क्यान्सर विभिन्न कारणले हुन्छ । वंशाणुगत कारण, ढिलो उमेर बच्चा जन्मिनु, स्तनपान नगराउनु, वजनमा अत्यधिक वृद्धि, धेरै मदिरा सेवन, नराम्रो खानपान खराब जीवनशैली स्तन क्यान्सरको प्रमुख कारण हो । यसबाहेक अनुवांशिक रूपमा पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।

डा. अनामिका झा

स्तन क्यान्सर हुनुमा खानपान र जीवनशैली पनि जिम्मेवार हुन्छ ?

अहिलेको खराब खानपान र जीवनशैलीले स्तन क्यान्सरको जोखिमलाई झन् बढाएको छ । बजारमा पाइने प्याकेट बन्द खानेकुराको बढी सेवन र शारीरिक रूपमा सक्रिय नहुँदा मोटोपन, मधुमेह उच्च रक्तचापसँगै क्यान्सरको जोखिम पनि बढ्दो छ ।

स्तन क्यान्सर कुनै उमेर समूहलाई मात्र हुन्छ कि जुनसुकै उमेरकालाई ?

स्तन क्यान्सरको जोखिम विशेषगरी ४० वर्ष कटिसेकेका महिलालाई बढी हुन्छ । तर यसो भनिरहँदा ४० वर्षभन्दा कम उमेर समूहलाई यो क्यान्सर हुँदैन भन्ने होइन । जुनसुकै उमेर समूहलाई स्तन क्यान्सर हुन सक्छ ।

अविवाहित एवं किशोरीलाई स्तन क्यान्सर हुने जोखिम कति हुन्छ ?

अविवाहित र किशोरीलाई पनि स्तन क्यान्सरको जोखिम हुन्छ । परिवारका सदस्यहरू हजुरआमा, आमा, फुपूलाई पहिले क्यान्सर भएको छ भने त झन् जोखिम हुन्छ ।

स्तन क्यान्सर हुन लागेको कुनै लक्षण हुन्छ ? 

स्तनको आकारमा परिवर्तन महसुस हुनु, स्तनको तल्लो भाग छाम्दा गाँठो भएको महसुस हुनु, स्तन थिच्दा दुख्नु, कुनै तरल वा चिप्लो कुरा स्तनबाट बग्नु, निप्पलको अग्रभाग मोडिनु एवं रातो वा सेतो रंगको हुनु, स्तन सुन्निनु आदि स्तन क्यान्सरको लक्षण हो ।

स्तन क्यान्सर भएमा यसको पहिचान र उपचार कसरी हुन्छ ? 

स्तन क्यान्सरको पहिचान सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यसैले ४० वर्ष कटेपछि वर्षमा एक पटक वा दुई वर्षमा एक पटक स्तन क्यान्सरको जाँच मेमोग्राफी गराउनुपर्छ  । यसले रोगको पहिचान गर्न सहयोग गर्छ । समयमै रोग पत्ता लाग्यो भने यो पूर्ण रूपमा निको हुन्छ ।

पछिल्लो समय स्तन क्यान्सरको उपचारमा धेरै नयाँ प्रविधि भित्रिएको छ । स्तनलाई नफाली स्तन क्यान्सरको सर्जरी गर्ने प्रविधि पनि अहिले विकास भएको छ । स्तन क्यान्सरको पहिलो, दोस्रो र तेस्रो चरणमा स्तनलाई बचाएर स्तन क्यान्सरको उपचार गर्न सकिन्छ ।

क्यान्सरको चरण, बिरामीको अवस्था तथा अन्यत्र फैलिए नफैलिएको आधारमा शल्यक्रिया, रेडियोथेरापी, किमोथेरापी, हर्मोनथेरापीद्वारा उपचार गरिन्छ ।

स्तन क्यान्सरको उपचारपछि पूर्ण रुपमा निको हुन्छ ?

स्तन क्यान्सरलाई चार चरणमा छुट्टाइएको छ । पहिलो, दोस्रो, तेस्रो र चौथौ । पहिलो र दोस्रो चरणलाई प्रारम्भिक चरण भनिन्छ भने तेस्रो र चौथोलाई एडभान्स । प्रारम्भिक चरणमा उपचारमा आउने बिरामीहरू पूर्ण रूपमा निको हुन्छन् । तर तेस्रो र चौथो चरणमा आएका बिरामीको उपचारपछि पूर्ण रूपमा निको हुने सम्भावना एकदमै कम हुन्छ ।

स्तन क्यान्सर
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट

न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट

पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने

पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने