+

दशरथ रंगशालामा नेपालले लाओसलाई हराउँदा ‍… (तस्वीरहरु)

२०७९ चैत  ८ गते २१:२६ २०७९ चैत ८ गते २१:२६
दशरथ रंगशालामा नेपालले लाओसलाई हराउँदा ‍… (तस्वीरहरु)

८ चैत, काठमाडौं । नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा बुधबार नेपालले लाओसलाई २-० ले हरायो ।

नेपाललाई जिताउन ३१ औं मिनेटमा अनन्त तामाङ र ५६ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । बुधबारको खेलमा नेपालका सनिश श्रेष्ठ, मणि लामा, दीपकराज सिंह ठकुरी र सुमित श्रेष्ठले डेब्यू गरे ।

नयाँ प्रशिक्षकले टिम सम्हालेपछि युवा टिम सहभागी नेपाली टिमले जित निकाल्दा दशरथ र‌ंगशालामा उपस्थित दर्शकले खुशी मनाए ।

हेर्नुहोस् तस्वीरहरु 

नेपाल भर्सेस लाओस प्रधानमन्त्री कप फुटबल सनिस श्रेष्ठ
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय