+

मधुमेहमा चुरोट पिउँदा हुन सक्छ यस्तो जोखिम

२०७९ चैत  ११ गते १०:०५ २०७९ चैत ११ गते १०:०५
मधुमेहमा चुरोट पिउँदा हुन सक्छ यस्तो जोखिम

धुम्रपान जोकोहीका लागि पनि हानिकारक हुन्छ । एक सर्को चुरोट तान्दा सात हजारभन्दा बढी हानिकारक केमिकल मानिसको शरीरमा प्रवेश गर्छन् भनिन्छ । त्यसमध्ये पनि २५० केमिकल निकै खतरनाक हुन्छन् ।

त्यसैले स्वस्थ व्यक्तिका लागि पनि हानिकारक हुने चुरोटले कुनै रोगबाट पीडितलाई कति असर गर्ला ? अझ मधुमेहका बिरामीका लागि चुरोट खानु भनेको मृत्युको मुखमा धकेल्नु जस्तै हो ।

हामीले खाएको खानेकुराबाट रगतमा ग्लुकोज बन्दछ । गुल्कोजको मात्रा बढी भएपछि मधुमेह रोग लाग्ने हो । प्याङ्क्रियाजबाट उत्पादन हुने इन्सुलिनमार्फत कार्बोहाइड्रेटलाई कोषिकाहरुमा छिराएर शरीरले शक्ति पाउँछ र त्यो इन्सुलिनको उत्पादन कम भयो वा उत्पादन हुन छोड्यो भने मधुमेह हुन्छ ।

धुम्रपान र मधुमेह

धुम्रपानले इन्सुलिनको स्तर कायम राख्न गाह्रो हुन्छ । चुरोटमा पाइने निकोटिन शरीरमा प्रवेश गरेपछि यसको मात्रा बढ्दै जाँदा इन्सुलिनको प्रभाव कम हुन्छ । रगतमा गुल्कोजकोे मात्रा नियन्त्रण गर्न इन्सुलिनको मात्रा बढी चाहिन्छ तर चुरोटमा हुने निकोटिनले ग्लुकोज पु¥याउने  कोषिकाहरुलाई सुनाउँछ । जसले इन्सुलिन छिर्न पाउँदैन र भएका इन्सुलिनले काम गर्न सक्दैन ।

जस्तोसुकै प्रकारको मधुमेह भएपनि धुम्रपानले मधुमेहलाई व्यवस्थापन गर्न गाह्रो बनाउँछ । अत्यधिक चुरोट पिउँदा इन्सुलिन प्रतिरोधी भइदिन्छ र औषधिले पनि काम गर्न छोड्छ । र, यसले हाई डोजको औषधि दिने अवस्था आउँछ ।

धुम्रपानले मधुमेह भएका व्यक्तिको सम्पूर्ण शरीरमा नराम्रो असर गर्छ । यो मानिसको प्रारम्भिक मृत्युलाई निम्तो दिनु जस्तै हो । यदि मधुमेह भएका व्यक्ति धुम्रपान गर्छन् भने उनीहरुलाई  जुनसुकै बेला हृदयघात हुन सक्छ ।

आँखामा असर : धुम्रपानको धुवाँमा पाइने रसायनले धुम्रपान गर्नेको आँखाका लागि विषाक्त हुने आँखाका कोषिकाहरुमा नोक्सान पु¥याउँछ । यी जोखिम हुनुको साथै मधुमेह भएका व्यक्तिमा धुम्रपानका कारण रेटिनामा रगतको प्रवाहमा कमी आउँछ र त्यहाँ अक्सिजन ठीकसँग पुग्दैन । यो अवस्थाले आँखामा रेटिनोप्याथी गराउन सक्छ ।

घाउ छिटो भरिंदैन : कुनै पनि चोटपटक लाग्दा केही समयपछि घाउ विस्तारै निको हुँदै जान्छ तर धुम्रपान गर्नेहरुमा भने निको पार्ने प्रक्रियालाई सुस्त बनाउँछ । घाउ र चोटका छिटो फैलिन्छन् । र, छिटो निको हुन सक्दैन ।

मिर्गौलामा असर : धुम्रपानले उनीहरुमा मिर्गौला फेल र स्नायुसम्बन्धी रोगको जोखिम बढाउछ । चुरोट पिउनाले मधुमेहका बिरामीमा अल्बुमिनको कमी हुने सम्भावना बढ्छ ।

मधुमेह अनियन्त्रित : मधुमेहका बिरामीले रगतमा चिनीको मात्रा सधैं कम राख्ने प्रयास गर्छन् तर धुम्रपानले रगतमा ग्लुकोजको मात्रा ह्वात्तै बढाउँछ । तब औषधिले पनि यसको प्रभाव कम गर्न सक्दैन ।

रक्तचाप र मुटुरोगको जोखिम : धुम्रपानले धमनीलाई कडा पार्ने काम गर्ने भएकाले यसबाट हुने क्षति दोब्बर हुने हुँदा मुटुको समस्या, रक्तचाप पनि बढाउँछ । मधुमेहका बिरामीले चुरोट पिउँदा इन्सुलिन प्रतिरोध हुन्छ, जसले गर्दा रगतमा ग्लुकोजको मात्रा अनियन्त्रित हुन्छ । यो मुख्यतया घातक हृदयघात वा कोरोनरी हृदयरोगको जोखिम बढी हुन्छ । धुम्रपानका कारण मुटुमा जम्मा हुने निकोटिनले रक्तनलीमा क्षति पु¥याउँछ ।

डिप्रेसन : जब मानिस डिप्रेसनको सिकार हुन्छ, तब मात्र उसले धुम्रपानको बारेमा सोच्छ, त्यसपछि उसलाई धुम्रपानको लत लाग्न थाल्छ । डिप्रेसनमा रहनु मधुमेह भएका व्यक्तिका लागि बढी हानिकारक हुन्छ ।

यौन दुर्बलता : धुम्रपान गर्नेहरुमा यौन दुर्बलताको समस्या हुन सक्छ । यदि मधुमेहका बिरामी हो भने यसलाई झनै बढावा दिन्छ । यसबाहेक मधुमेहका बिरामीमा निकोटिनको मात्राले  अनिद्रा, तनाव, मोटोपन बढ्ने, क्यान्सर र मधुमेहका जटिलता झनै जोखिम देखिने सम्भावना प्रबल हुन्छ ।

(डा. भट्टराई मधुमेह तथा थाइराइड विशेषज्ञ हुन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

चुरोट मधुमेह
डा. विनय भट्टराई
लेखक
डा. विनय भट्टराई
मधुमेह, हार्मोन तथा थाइराइड रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९०९५ अध्ययन : एमबीबीएस र एमडी हाल काठमाडौंस्थित मेट्रो काठमाडौं र ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय