+
+

नेपालमा बसेर चिनियाँको ठगी धन्दा : पहिले विदेशी पीडित हुन्थे, यसपटक स्वदेशी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १६:०८

१५ चैत, काठमाडौं । नेपालमा बसेर चिनियाँ नागरिकले विभिन्न मुलुकलाई लक्षित गरेर साइबर अपराध गरेको नौलो घटना होइन । ७ पुस २०७६ मा प्रहरीले १२२ जना साइबर अपराधमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुबाट नेपाली नागरिक ठगिएको नभेटिएपछि अध्यागमन ऐनअनुसार मुलुकबाट निष्कासित गरिएको थियो ।

४ वर्षपछि बुधबार उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले अपरेशन चार्ली अनलाइन स्क्याम चलाएर यस्तै ठगीमा संलग्न ९ चिनियाँ र १० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

यसपटक चाहिँ यो गिरोहबाट नेपाली नागरिक नै ठगीमा परेको भेटिएको कार्यालयका प्रमुख डा. मनोज केसीले अनलाइनखबरलाई बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केसीका अनुसार ह्वाट्स एपपमा अनलाइनमार्फत विजेनशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठगिएको पाइएको छ । ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी गर्ने गिरोहसम्म पुर्‍याएको पाइएको छ ।

‘पैसा हाले पश्चात सामान अनलाइनमार्फत बिक्री हुन्छ, त्यसवापत आउने फाइदाको रकम कम्पनीको खातामा रहनेछ र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भनिएको रहेछ,’, केसीले भने, ‘यसरी नेपालीबाट लाखौं ठगिएको पाइएको छ ।’

पीडितले एनआईसी एसिया बैंकको राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको भेटिएको छ ।

‘ठगी गरेको भेटिएपछि बूढानिलकण्ठ–२, महादेवखोला र चण्डोलबाट उनीहरुलाई पक्राउ गरेर ल्याएको हो’, केसीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?