+

बिर्सने रोग : किन लाग्छ, के छ उपचार ? 

२०७९ चैत  १७ गते १८:४८ २०७९ चैत १७ गते १८:४८
Shares
बिर्सने रोग : किन लाग्छ, के छ उपचार ? 

हाम्रो दिमागले सबै कुरा स्मरण गरिरहन सक्दैन । त्यसैले कति देखेको, सुनेको, भोगेको कुरा पनि हामी भुल्छौं । बितेका दिनका थुप्रै कुरा हामी स्मरण गर्न सक्दैनौं । ती सबै हाम्रो मस्तिष्कबाट विस्मृत भएर जान्छ ।

धेरै पुराना कुरा पनि होइन, महिना दिन, हप्ता दिन वा दुई दिनअघिको कुरा पनि हामी हुबहु स्मरण गर्न सक्दैनौं । यद्यपि हाम्रो दैनिक जीवनमा त्यसले खासै फरक पार्दैन । फरक त त्यसबेला पार्छ, जब क्षणभरकै कुरा पनि हामी बिर्सन पुग्छौं ।

हामीले गर्दागर्दैको काम भुल्यौं भने ? हिंड्दै गर्दाको बाटो भुल्यौं भने ? केही अगाडि चिनापर्ची भएका मान्छेलाई भुल्यौं भने ? गर्नुपर्ने कतिपय महत्वपूर्ण काम भुल्यौं भने ?

दैनिक जीवन नै तहसनहस हुन्छ ।

डिमेन्सिया एक यस्तै समस्या हो, जसलाई बोलीचालीमा ‘बिर्सने रोग’ भनिन्छ । यो समस्या कतिसम्म जटिल हुन्छ भने दैनिक गर्दै आएको कामसमेत भुल्न पुग्छन् । खाना खान, दिसापिसाब गर्न, नुहाइधुवाइ गर्न समेत बिर्सन सक्छन् ।

के हो डिमेन्सिया ?

डिमेन्सिया मुख्यतया दुई प्रकारको हुन्छ, रिवर्सिबल (उल्टाउन मिल्ने) र अपरिवर्तनीय । रिवर्सिबलमा बिरामीलाई किन ? कुन कारणले गर्दा बिर्सने रोग लाग्ने थाहा पाएर रोग निको पार्न सकिन्छ ।  अपरिवर्तनीय डिमेन्सियामा समयअनुसार बिर्सने समस्या पनि बढ्दै जान्छ । यसमा बिरामीलाई निको पार्न सकिंदैन । रिवर्सिबल वयस्कलाई हुन्छ भने अपरिवर्तनीय ६५ वर्ष नाघेकालाई हुनेगर्छ । अल्जाइमर, फ्रन्टोटेम्पोरल, भास्कुलर डिमेन्सिया हुन् ।

कसलाई लाग्छ ?

डिमेन्सिया प्रायः ६५ देखि ७० वर्ष उमेरका मानिसमा हुने गरेको देखिन्छ । यो वयस्कलाई पनि हुन सक्छ । वयस्कलाई जीवनशैली, पारिवारिक वातावरण र तनावका कारण पनि डिमेन्सिया हुने गर्छ । साथै आर्थिक स्थिति कमजोर र मध्यम आयका देशमा यो रोग बढी देखिन्छ ।

के कारणले लाग्छ ?

एमआईलोजी नामक प्रोटिन मस्तिष्कमा जम्मा हुँदै जाँदा मस्तिष्कका सेलहरु निष्क्रिय हुन्छन् । जसले डिमेन्सिया हुने गर्छ । भिटामिन डी–१२ को कमी, फोलिक एसिडको कमी, थाइराइडको समस्या, मस्तिष्कको कुनै संक्रमण भएमा, तनाव, चिन्ता, डिप्रेसनका कारण डिमेन्सिया हुने गर्छ । यस्तै धुम्रपान, मद्यपान, मस्तिष्कको नसा सुकेमा र नर्मल प्रेसर हाइड्रोकिप्फलस (मस्तिष्कमा पानी खल्ने ठाउँ) सुन्निएमा पनि यस्तो समस्या हुन्छ ।

डिमेन्सियाको लक्षण तीन चरणमा देखिन थाल्छन्– माइल, मोड्रेत र सिबिएर ।

पहिलो चरण माइड : हल्का बिर्संदै जस्तो आफूले राखेको सामान कहाँ राखें भनेर बिर्संदै जाने हुन्छ । यसमा बिरामीलाई औषधि मार्फत रोग नियन्त्रण गर्ने गरिन्छ ।

दोस्रो चरण मोडरेत : अलि जटिल समस्या देखिन थाल्छ यो चरणमा । घर जाने बाटो बिर्सने, ठाउँको नाम बिर्सने र परिवारको सदस्य नचिन्ने हुन्छ । यसमा दुई थरीको प्रयोगले केही हदसम्म बिर्सने क्षमता न्यूनीकरण गर्न मद्दत गर्छ ।

तेस्रो चरण सिबिएर : जटिल समस्या देखिन थाल्छ यो चरणमा । बिरामी बोल्न नसक्ने, बोलेको नबुझ्ने, खान खान, पकाउन बिर्सने हुनुका साथै आफूले मुखभित्र रहेको खाना चपाउन नै बिर्सने हुन्छन् । यसमा केयर होममा राखेर वा चिकित्सकले बिरामीलाई हेरविचार गर्ने तरिका सिकाएर त्यसको बिरामीलाई सहज बनाउने गरिन्छ ।

यसको जटिलता

डिमेन्सियामा सुरुसुरुमा आफूले राखेको सामान कहाँ राखेको बिर्सने, खान बिर्सने, आफूले के गर्न लागेको त्यो बिर्सने हुन्छ । बिस्तारै आफ्नै घर बिर्सने, परिवारको सदस्य नै निचिन्ने, खाना खाइरहेको छ भने खाना चपाउन बिर्सने यस्ता जटिल समस्या देख्न थाल्छन् । बोल्न पनि सक्नुहुन्न उहाँहरु बोलेको पनि नबुझ्ने भएर जाने हुन्छ । खाना सर्केर निमोनिया हुने, संक्रमण बढ्ने ज्यानको जोखिम पनि हुन्छ ।

डिमेन्सिया भएपछि के गर्ने ?

डिमेन्सिया भएको भनेपछि मानिस तर्सिने गर्छन् । तर डिमेन्सियाको उपचार दुई किसिमबाट गर्ने गरिन्छ, औषधि र हेरचाहबाट ।

वयस्कका बिरामीलाई डिमेन्सिया छ भने के कारणले भएको पत्ता लगाएर औषधिले निको पार्न सकिन्छ । यो रिवर्सिबल डिमेन्सिया हो । तर वृद्धवृद्धालाई डिमेन्सिया निको हुँदैन । यसमा औषधि र चिकित्सकको सल्लाहअनुसार बिरामीको हेरचाह गरेर बिर्सने क्षमता न्यूनीकरण मात्र गर्न सकिन्छ । निको हुँदैन, यो अपरिवर्तनीय डिमेन्सिया हो । यसमा बिरामीलाई बच्चालाई जस्तै स्याहार गर्नुपर्ने हुन्छ ।

औषधिले निको हुन्छ ?

यदि रिवर्सिबर डिमेन्सिया हो भने कारण पत्ता लगाएर भए औषधिबाट निको हुन्छ । जुन लगभग २० प्रतिशत बिरामीलाई देखिएको पाइन्छ । अपरिवर्तनीय डिमेन्सिया भए निको हुँदैन, नियन्त्रण मात्र गर्न सकिन्छ । यो उमेर अनुसार बढ्दै जान्छ । यी खालको बिरामी ८० प्रतिशतमा यस्तो समस्या हुन्छ ।

डिमेन्सिया रोग लाग्नै नदिन के गर्ने ?

डिमेन्सिया रोग लाग्नै नदिने भन्ने हुँदैन । यसलाई नियन्त्रण गर्न मात्र सकिन्छ । उमेर बढ्दै गएपछि यस्तो समस्या कसैमा बढी कसैलाई कम देखिन्छ । कम गर्न यी कुरामा ध्यान दिनुपर्छ । स्वस्थकर खाना खाने, नियमित व्यायाम गर्ने, माटोपनलाई नियन्त्रण गर्ने, धुम्रपान, मध्यपान नगर्ने, तनावबाट टाढा रहने, रचनात्मक काम गर्ने गदाए डिमेन्सिया हुनबाट बच्न सकिन्छ ।

(न्युरोलोजिस्ट डा. भट्टराई नेसनल न्युरो सेन्टरमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

डा. सुमन भट्टराई बिर्सने रोग
डा. सुमन भट्टराई
लेखक
डा. सुमन भट्टराई
वरिष्ठ न्युरोलोजिस्ट

मेडिकल काउन्सिल दर्ता नम्बर : ६९६९ एमडी (न्युरोलाजी) नेसनल न्युरो सेन्टर, बीएण्डबी अस्पताल र मनमोहन कार्डियाक सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सेतो कोटको ‘मौन विद्रोह’

सेतो कोटको ‘मौन विद्रोह’

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)