+

क्यान्सरबाट कसरी बच्ने ? डा. चालिसेका ८ सुझाव

२०७९ चैत  २१ गते १७:४१ २०७९ चैत २१ गते १७:४१
क्यान्सरबाट कसरी बच्ने ? डा. चालिसेका ८ सुझाव

विश्वभर करिब एक करोडभन्दा बढी क्यान्सरका बिरामी थपिन्छन् वर्षैपिच्छे । विश्व स्वास्थ्य संगठनको तथ्यांकले यसै भन्छ । यसमध्ये पुरुषमा फोक्सो र मुखको क्यान्सर देखिएको छ । महिलामा पाठेघर र स्तन क्यान्सर प्रमुख छन् ।

भनिरहनु परेन, क्यान्सर एक घातक रोग हो । यद्यपि क्यान्सर भयो भन्दैमा संसार नै सकियो भन्ने हुँदैन । सुरुवाती चरणमा पत्ता लगाइयो भने क्यान्सरको उपचार हुन्छ ।

किन लाग्छ क्यान्सर ?

क्यान्सर लाग्ने कतिपय कारण अझै पनि स्पष्ट छैन । लगभग ७० प्रतिशत क्यान्सरको कारण भने हामीले वर्तमानमा अँगालेको खराब जीवनशैली र खानपान नै हो ।

जस्तो,

१. खानाको माध्यमबाट एच पाइलोरी जीवाणु पेटमा प्रवेश गरेर आन्द्रामा हुने घाउको सही उपचार नहुँदा क्यान्सरको जोखिम हुन्छ ।

२. कलकारखानामा काम गर्ने र विकिरण हुने क्षेत्रमा काम गर्ने व्यक्तिमा फोक्सो तथा पित्तथैलीमा क्यान्सर हुन सक्छ ।

३. भाइरसले पनि क्यान्सर गराउँछ । यौन सम्पर्कको क्रममा पुरुषबाट महिलामा  ह्युमनप्यापिलो भाइरस सरेर महिलाको पाठेघरमा क्यान्सर हुन सक्छ ।

४. कीटनाशक औषधि र रासायनिक मलको प्रयोग भएको खानेकुरा, हानिकारक रंग मिसाइएको खानेकुरा, मसालेदार खानेकुरा, अत्यधिक चिल्लो, धैरै नुन भएको खानेकुरा, गालेको अचार खाएमा क्यान्सर हुन सक्छ ।

५. रगतको नाता भएको परिवारमा कम्तीमा दुई जनामा क्यान्सर देखिए उनीहरुको सन्तानमा सो रोग देखापर्ने सम्भावना हुन्छ ।

६. लामो समयसम्म धुम्रपान तथा सूर्तीजन्य पदार्थ खाने व्यक्तिको मुखमा क्यान्सर हुन सक्छ ।

७. धेरै बच्चा जन्माउने वा कम उमेरमा बच्चा जन्माउने महिलामा पाठेघरको संक्रमण भएर क्यान्सर हुन सक्छ ।

कसरी क्यान्सरको जोखिमबाट टाढा रहने ?

जीवनशैली र खानपानमा सुधार गरेर क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।

१. क्यान्सर गराउन सक्ने सम्भावित पक्ष जस्तै, धुम्रपान तथा मद्यपान नगर्ने ।

२. सडेगलेका, प्रशोधित खानेकुरा, जंकफुड नखाने ।

३. शारीरिक रुपमा सक्रिय रहने । नियमित व्यायाम, योग, प्राणायाम गर्ने ।

४. तनाव नलिने । सकारात्मक र उर्जावान् रहने ।

५. शरीरमा अनावश्यक गाठागुँठी आएको छ, रंग परिवर्तन भएको छ भने तुरुन्त परीक्षण गराउने ।

६. महिलामा स्तन र पाठेघरको क्यान्सरको जोखिम बढी हुन्छ । उनीहरुले बेलाबखतमा स्तन क्यान्सरको लागि मेमोग्राम र पाठेघरको लागि प्याप परीक्षण गराएर हेर्नुपर्छ ।  त्यस्तै, पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाउन सकिन्छ ।

७. वंशाणुगत क्यान्सर परिवारमा छ भने जोखिम उच्च हुन्छ । त्यसैले समयमै क्यान्सर छ कि छैन भनेर वर्षमा एकपटक जाँच गराउनुपर्छ ।

८. धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राखेमा पनि यौनजन्य रोगले कालान्तारमा क्यान्सर गराउन सक्छ । त्यसैले असुरक्षित यौन सम्पर्क सकेसम्म गर्नुहुँदैन ।

(वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. उज्ज्वल चालिसे भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

क्यान्सर डा. उज्ज्वल चालिसे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

चिकित्सक न त व्यापारी हो, न त भगवान्

चिकित्सक न त व्यापारी हो, न त भगवान्