+
+

गुल्मीमा कोदोको उत्पादन बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १२:५६

२४ चैत, गुल्मी । गुल्मीमा यस वर्ष कोदोको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष ३ हजार ७७५ दशमलव ५ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । यस वर्ष जिल्लाभर २ हजार ९०५ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो ।

जिल्लामा गत वर्ष २ हजार ९०२ हेक्टरमा कोदो खेती हुँदा ३ हजार २७८ मेट्रिक टन उत्पादन भएको थियो । कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीले मौसम अनुकुल रहेकाले कोदो उत्पादन बढेको जानकारी दिए ।

जिल्लामा हाल ओख्ले १, डल्ले १ र स्थानीय जातका कोदो खेती हुँदै आएको छ । गुल्मीका इस्मा, मदाने, मालिका, धुर्कोट, कालीगण्डकी र चन्द्रकोट गाउँपालिका कोदो धेरै खेती हुने क्षेत्रमा पर्छ । कोदो खेती जेठको अन्तिमतिर ब्याड राखेर असार, साउनमा रोपिन्छ र मंसिरमा पाक्ने गर्दछ ।

जिल्लामा कृषि ज्ञान केन्द्रले रैथाने बाली संरक्षण अभियान चलाएको छ । अहिले होटल रेष्टुरेण्टहरुमा पाहुनाले ढिडो रुचाउन थालेपछि कोदोको किनबेच पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?