+

विश्वमै बाँझोपनको समस्या किन बढिरहेको छ ?

२०८० वैशाख  ८ गते १६:५० २०८० वैशाख ८ गते १६:५०
विश्वमै बाँझोपनको समस्या किन बढिरहेको छ ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा हरेक ६ जनामा एक जनाले बाँझोपनको समस्या भोगिरहेका छन् । बाँझोपन कुनै महिला र पुरुषले १२ महिनासम्म कुनै गर्भनिरोधक साधनको प्रयोग नगरीकनै नियमित रुपमा यौन सम्पर्क गर्दा पनि गर्भ नरहने समस्या हो ।

डब्लुएचओको प्रतिवेदन अनुसार विश्वमा प्रजननशील उमेरका १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित छन् । प्रजनन उमेर भनेको १५ देखि ४९ वर्ष उमेर समूहका महिला हुन् ।

चिकित्सकहरुका अनुसार ४०-४५ वर्षको उमेरपछि पुरुषहरुमा शुक्रकीटको संख्यामा कमी आउन थाल्छ । त्यस्तै विश्व स्वास्थ्य संगठनका अनुसारमा भारतमा बाँझोपन ३.९ देखि १६.८ प्रतिशतसम्म छ । जुन अत्यधिक हो । डाक्टरहरुका अुनसार दम्पतीमा बाँझोपनको समस्या बढिरहेको छ, जसकारण दम्पतीले सामाजिक मात्र नभई आर्थिक असर पनि खप्नुपरेको छ ।

पहिले बाँझोपनलाई केवल महिलासँग मात्र जोडेर हेर्ने गरिन्थ्यो । तर पछिल्लो समय यसप्रति जागरुकता बढेको र जाँचका लागि पुरुषहरु समेत जाने क्रम बढेको छ । केही वर्षअघिसम्म बाँझोपनको समस्या लिएर उपचारका लागि यस्ता महिला मात्र अस्पताल पुग्थे, जसमा ट्युबल ब्लकेज अर्थात् पाठेघरको नली थुनिने वा क्षयरोगका कारण पाठेघर वा नलीमा संक्रमण भएर गर्भ नरहने समस्या धेरै हुन्थ्यो । त्यस्तै सानै उमेरमा असुरक्षित शारीरिक सम्पर्कका कारण क्लेमाइडिया तथा गोनोरिया जस्ता यौन संक्रामक रोग लागेर पनि युवतीहरु बाँझोपनको सिकार हुने जोखिम हुन्छ ।

पछिल्लो समयमा भने यस्तो परिस्थितिमा परिवर्तन आएको छ । पहिले महिलाहरु संक्रमणका कारण गर्भ नरहेको समस्या लिएर आउने गरेकोमा अहिले हार्मोनल असन्तुुलनको समस्याले बाँझोपनको समस्या भोग्ने गरेका छन् ।

डाक्टरका अनुसार अहिले यस्ता महिलाको संख्या बढेको छ, जसमा पुअर ओभरियन रिजर्भ (पीएमसी)को समस्या हुन्छ । यस्तो समस्याले गर्दा महिलाको अण्डासयले राम्रोसँग काम गर्दैन र डिम्ब तयार हुनमा समस्या आउँछ । त्यस्तै पोलिसिस्टिक ओभरी सिन्ड्रोमबाट पीडित महिलाको संख्या पनि उल्लेख्य छ । यसमा महिलाको हर्मोनको सन्तुुलन बिग्रिन्छ र अण्डासयमा सिस्ट अर्थात् फोका निस्किन्छ । यसले महिलाको महिनावारीमा असर पर्छ ।

यसका अलावा पुरुषहरु समेत बाँझोपनको समस्याका साथ जाँच तथा उपचारमा जाने क्रम बढिरहेको चिकित्सकहरुको सुझाव छ । वर्तमानमा अधिकांश युवाहरुले औसतमा ३० वर्षको उमेरमा बिहे गर्ने र त्यसपछि परिवार योजनाका लागि समेत केही समय लिने गर्छन् । करिअर, पारिवारिक जिम्मेवारी आदिजस्ता कारणले पहिलो बच्चा जन्माउने उमेर समेत घर्किंदै जाँदा कतिपय पुरुषमा गर्भाधान गराउन सक्ने क्षमतामा कमी आउने गर्छ ।

त्यस्तै पहिलो बच्चा जन्मिएपछि दोस्रो बच्चा जन्माउँदा धेरै वर्षको अन्तराल राख्दा समेत उमेरजन्य तथा अन्य धेरै कारणले गर्भ रहनमा समस्या आउने गरेको समेत पाइएको छ । यस्तोमा पुरुषले आफ्नो जाँच गर्नमा ढिलाइ गर्ने गरेको पाइन्छ । किनकि दोस्रो गर्भ नरहनुमा आफ्नो पनि कमजोरी रहेको हुनसक्ने अनुभूति गर्न पुरुषले समय लगाउँछन् ।

पछिल्लो समयमा पुरुषहरुमा बाँझोपनको समस्या बढिरहेको छ । शुक्रकीटको संख्यामा कमी आउनु, शुक्रकीटको संरचना तथा आकृतिमा परिवर्तन आउनु, शुक्रकीटको हिंड्ने क्षमतामा कमी आउनु, शुक्रकीट नष्ट हुनु जस्ता कारणले पुरुषमा बाँझोपन आउने गर्छ ।

यसैगरी हर्मोनको असन्तुलन, अस्तव्यस्त जीवनशैली, धुम्रपान तथा मदिरापान, प्रदूषण, फलफूल तथा सागपातबाट कीटनाशक औषधि शरीरमा प्रवेश गर्नुले पनि पछिल्लो समय बाँझोपनको समस्या बढिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार उच्च आय भएका देशमा १७.८ प्रतिशत प्रजनन् उमेरका व्यक्ति बाँझोपनको समस्याबाट ग्रसित छन् भने निम्न तथा मध्यम आय भएका देशमा यस्तो संख्या संख्या १६.५ प्रतिशत छ ।

अल्पविकसित देशका मानिसले आफ्नो आयको ठूलो हिस्सा बाँझोपनको उपचारमा खर्च गर्नुपरेको पनि डब्लुएचओले उल्लेख गरेको छ ।

बीबीसीबाट

बाँझोपन स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय