+
+

कतारको पुलिसमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते २०:४८

८ वैशाख, काठमाडौं । कतार पुलिसको जागिरका लागि कतार पठाइदिन्छु भनी रकम ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका-४ घर भई हाल काठमाडौंको टोखा बस्‍ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले टोखा बस्‍ने चन्द्रबहादुर खत्रीसमेत गरी १८ जनालाई कतारमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्‍दै प्रतिव्‍यक्ति ७ लाखका दरले ६३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?