+
+

शपथपछि उपेन्द्र यादवले भने : सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १४:१२

१९ वैशाख, काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन् । अस्थीरताले कसैलाई हित नगर्ने भन्दै उनले आफू सरकारको स्थायीत्वको पक्षमा रहेको बताए ।

आज प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरिसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले भने, ‘सरकारले पूरा कार्यकाल गर्नुपर्छ भन्ने पक्षमा हामी छौं । अस्थिरताले कसैलाई हित गर्दैन ।’

अध्यक्ष यादवले पार्टीको तर्फबाट सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्ने पनि बताए । सरकारमा आफैं जाने कि अरुलाई पठाउने भनेर पत्रकारले सोधेको प्रश्नमा यादवले भने, ‘सरकारमा जान बाँकी मन्त्रीहरु चाँडै फुलफिल हुन्छ । को जाने भनेर पार्टीले निर्णय गर्छ ।’

रास्वपालाई पुरानै मन्त्रालय दिने तयारीबारे राखिएको जिज्ञासामा उनले राजनीतिक स्थीरताका लागि वृहत्तर सहमति हुनुपर्ने बताए । ‘म त चाहान्छु अझ वृहत्तर सहमति हुनुपर्छ। अझ राष्ट्रिय सहमति बनोस् । यदि भएन भने दुर्भाग्यपूर्ण हुन्छ,’ उनले भने।

यादवले अगाडि भने, ‘अस्थीरता रह्यो भने देशको आर्थिक विकासमा असर पर्छ, सिस्टममाथि असर पर्छ र जनतामा वितृष्णता जाग्दछ । समग्रमा नेपालीलाई असर पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?