+

चस्माको विकल्प कन्ट्याक्ट लेन्स :  कसरी प्रयोग गर्ने ?

२०८० वैशाख  २४ गते १३:०८ २०८० वैशाख २४ गते १३:०८
चस्माको विकल्प कन्ट्याक्ट लेन्स :  कसरी प्रयोग गर्ने ?

पछिल्लो समय चस्माको विकल्पको रुपमा कन्ट्याक्ट लेन्सको प्रयोग बढ्दो छ । यो आँखाको नानीमा लगाइने पातलो खालको पारदर्शी लेन्स हो । लेन्स त्यत्तिकै भन्दा पनि आँखामा कुनै समस्या आएमा लगाउने गरिन्छ । कन्ट्याक्ट लेन्सको प्रयोग बढ्दै जाँदा यसले चस्मालाई विस्थापित गर्न सक्ने देखिन्छ ।

कन्ट्याक्ट लेन्स खासगरी चार प्रकारका हुन्छन्, डेली डिसपोजेबल, बाइ टु विक्ली लेन्स, मन्थली डिस्पोजेबल र एयरली डिस्पोजेबल लेन्स । डेली डिसपोजेबल लेन्स दैनिक लगाउँदै फाल्दै गर्न सकिन्छ । यो लेन्स ३० देखि ३२ वटा भएको एउटा बक्समा आउँछ ।

अर्को लेन्स बाइ टु विक्ली लेन्स एक साताको अवधिको लागि प्रयोग गरिन्छ । जुन लेन्सको सोलुसन भन्ने हुन्छ । त्यसले सफा गर्दै लगाउन मिल्छ । दुई सातापछि यो लेन्स काम लाग्दैन । मन्थली डिस्पोजेबल लेन्स एक महिनाको अवधिको लागि प्रयोग गर्न मिल्छ । अर्को एयरली डिस्पोजेबल कन्ट्याक्ट लेन्स एक वर्षपछि परिवर्तन गर्नुपर्छ ।

लेन्सले के काम गर्छ ?

लेन्सको काम नजिक र टाढाका दृश्य स्पष्टसँग देखाउनु हो । कन्ट्याक्ट लेन्स लगाएपछि आँखा कमजोर भएका व्यक्तिले राम्ररी आँखा देख्न सक्छन् । लेन्स विभिन्न रंगमा पाइने भएकाले आफ्नो इच्छाअनुसार लगाउन सकिन्छ ।

कस्तो अवस्थामा प्रयोग गर्ने ?

मुख्यतः आँखाको दृष्टि सामान्य नहुँदा कन्ट्याक्ट लेन्सको प्रयोग गरिने भए पनि आँखालाई सुन्दर देखाउन पनि लगाउने चलन बढेको छ ।

आँखाको कर्नियाको अल्सर भएमा कर्नियाको तह पातलो हुन्छ, जसकारण आँखा फुट्ने सम्भावना हुन्छ । त्यस्तो अवस्थामा कन्ट्याक्ट लेन्सले केही हदसम्म रोकथाम गर्न सक्छ । त्यस्तै, चस्माको आवश्यक पर्ने तर लगाउन नमिल्ने अवस्था जस्तै, सेना, प्रहरीमा भर्ना हुने व्यक्ति, कलाकार, मोडल, खेलाडीलगायतले चस्माको विकल्पको रुपमा कन्ट्याक्ट लेन्स प्रयोग गर्न सक्छन् ।

कन्ट्याक्ट लेन्स कसरी लगाउने ?

आँखाको परीक्षणपछि कन्ट्याक्ट लेन्स कसरी लगाउने भन्ने सिकाइन्छ । दैनिक प्रयोग गर्न सकिने यसको प्रयोग गर्दा केही कुरामा भने ध्यान दिनुपर्छ ।

-कन्ट्याक्ट लेन्स दृष्टि विशेषज्ञको परामर्शपछि मात्रै लगाउनुपर्छ ।

-लेन्सको दैनिक प्रयोग गर्ने व्यक्तिले प्रत्येक तीन महिनामा एकपटक आँखा परीक्षण गराउनु उपयुक्त हुन्छ ।

-अक्सिजन प्रवाहमा बाधा पुग्ने खालको लेन्स लगाउनु हुँदैन ।

-प्रदूषण भएको ठाउँमा लगाउन कठिन हुन्छ ।

-लेन्स लगाएको बेलामा आँखा मिच्नु हुँदैन ।

-लगाउनुअघि हात राम्रोसँग धुनुपर्छ ।

-लेन्सलाई जथाभावी निकालेर राख्नु हुँदैन ।

-आँखामा चोटपटक लाग्न दिनु हुँदैन ।

-धाराको पानीले सफा गर्दा आँखामा संक्रमण हुने खतरा हुन्छ । त्यसैले सफा पानी प्रयोग गर्नुपर्छ ।

कसले प्रयोग गर्नु हुँदैन 

पटकपटक आँखाको संक्रमण हुने समस्या, गम्भीर एलर्जी, धेरै धुलोयुक्त वातावरणमा काम गर्ने व्यक्ति र लेन्स लगाउने बित्तिकै आँखा दुख्ने, पोल्ने र रातो हुने समस्या भएमा कन्ट्याक लेन्स नलगाउनु उपयुक्त हुन्छ । वृद्ध उमेरका व्यक्तिले कन्ट्याक्ट लेन्स नलगाउनु नै राम्रो हुन्छ । किनकि लेन्सको जतन र हेरविचार अत्यन्त आवश्यक हुन्छ, जुन वृद्धावस्थामा गर्न कठिन हुन्छ ।

(नेत्ररोग विशेषज्ञ प्रा. डा. श्रेष्ठ काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीम आधारित)

कन्ट्याक्ट लेन्स चस्मा
लेखक
प्रा. डा. सविना श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा