+

चस्माको विकल्प कन्ट्याक्ट लेन्स :  कसरी प्रयोग गर्ने ?

२०८० वैशाख  २४ गते १३:०८ २०८० वैशाख २४ गते १३:०८
चस्माको विकल्प कन्ट्याक्ट लेन्स :  कसरी प्रयोग गर्ने ?

पछिल्लो समय चस्माको विकल्पको रुपमा कन्ट्याक्ट लेन्सको प्रयोग बढ्दो छ । यो आँखाको नानीमा लगाइने पातलो खालको पारदर्शी लेन्स हो । लेन्स त्यत्तिकै भन्दा पनि आँखामा कुनै समस्या आएमा लगाउने गरिन्छ । कन्ट्याक्ट लेन्सको प्रयोग बढ्दै जाँदा यसले चस्मालाई विस्थापित गर्न सक्ने देखिन्छ ।

कन्ट्याक्ट लेन्स खासगरी चार प्रकारका हुन्छन्, डेली डिसपोजेबल, बाइ टु विक्ली लेन्स, मन्थली डिस्पोजेबल र एयरली डिस्पोजेबल लेन्स । डेली डिसपोजेबल लेन्स दैनिक लगाउँदै फाल्दै गर्न सकिन्छ । यो लेन्स ३० देखि ३२ वटा भएको एउटा बक्समा आउँछ ।

अर्को लेन्स बाइ टु विक्ली लेन्स एक साताको अवधिको लागि प्रयोग गरिन्छ । जुन लेन्सको सोलुसन भन्ने हुन्छ । त्यसले सफा गर्दै लगाउन मिल्छ । दुई सातापछि यो लेन्स काम लाग्दैन । मन्थली डिस्पोजेबल लेन्स एक महिनाको अवधिको लागि प्रयोग गर्न मिल्छ । अर्को एयरली डिस्पोजेबल कन्ट्याक्ट लेन्स एक वर्षपछि परिवर्तन गर्नुपर्छ ।

लेन्सले के काम गर्छ ?

लेन्सको काम नजिक र टाढाका दृश्य स्पष्टसँग देखाउनु हो । कन्ट्याक्ट लेन्स लगाएपछि आँखा कमजोर भएका व्यक्तिले राम्ररी आँखा देख्न सक्छन् । लेन्स विभिन्न रंगमा पाइने भएकाले आफ्नो इच्छाअनुसार लगाउन सकिन्छ ।

कस्तो अवस्थामा प्रयोग गर्ने ?

मुख्यतः आँखाको दृष्टि सामान्य नहुँदा कन्ट्याक्ट लेन्सको प्रयोग गरिने भए पनि आँखालाई सुन्दर देखाउन पनि लगाउने चलन बढेको छ ।

आँखाको कर्नियाको अल्सर भएमा कर्नियाको तह पातलो हुन्छ, जसकारण आँखा फुट्ने सम्भावना हुन्छ । त्यस्तो अवस्थामा कन्ट्याक्ट लेन्सले केही हदसम्म रोकथाम गर्न सक्छ । त्यस्तै, चस्माको आवश्यक पर्ने तर लगाउन नमिल्ने अवस्था जस्तै, सेना, प्रहरीमा भर्ना हुने व्यक्ति, कलाकार, मोडल, खेलाडीलगायतले चस्माको विकल्पको रुपमा कन्ट्याक्ट लेन्स प्रयोग गर्न सक्छन् ।

कन्ट्याक्ट लेन्स कसरी लगाउने ?

आँखाको परीक्षणपछि कन्ट्याक्ट लेन्स कसरी लगाउने भन्ने सिकाइन्छ । दैनिक प्रयोग गर्न सकिने यसको प्रयोग गर्दा केही कुरामा भने ध्यान दिनुपर्छ ।

-कन्ट्याक्ट लेन्स दृष्टि विशेषज्ञको परामर्शपछि मात्रै लगाउनुपर्छ ।

-लेन्सको दैनिक प्रयोग गर्ने व्यक्तिले प्रत्येक तीन महिनामा एकपटक आँखा परीक्षण गराउनु उपयुक्त हुन्छ ।

-अक्सिजन प्रवाहमा बाधा पुग्ने खालको लेन्स लगाउनु हुँदैन ।

-प्रदूषण भएको ठाउँमा लगाउन कठिन हुन्छ ।

-लेन्स लगाएको बेलामा आँखा मिच्नु हुँदैन ।

-लगाउनुअघि हात राम्रोसँग धुनुपर्छ ।

-लेन्सलाई जथाभावी निकालेर राख्नु हुँदैन ।

-आँखामा चोटपटक लाग्न दिनु हुँदैन ।

-धाराको पानीले सफा गर्दा आँखामा संक्रमण हुने खतरा हुन्छ । त्यसैले सफा पानी प्रयोग गर्नुपर्छ ।

कसले प्रयोग गर्नु हुँदैन 

पटकपटक आँखाको संक्रमण हुने समस्या, गम्भीर एलर्जी, धेरै धुलोयुक्त वातावरणमा काम गर्ने व्यक्ति र लेन्स लगाउने बित्तिकै आँखा दुख्ने, पोल्ने र रातो हुने समस्या भएमा कन्ट्याक लेन्स नलगाउनु उपयुक्त हुन्छ । वृद्ध उमेरका व्यक्तिले कन्ट्याक्ट लेन्स नलगाउनु नै राम्रो हुन्छ । किनकि लेन्सको जतन र हेरविचार अत्यन्त आवश्यक हुन्छ, जुन वृद्धावस्थामा गर्न कठिन हुन्छ ।

(नेत्ररोग विशेषज्ञ प्रा. डा. श्रेष्ठ काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीम आधारित)

कन्ट्याक्ट लेन्स चस्मा
लेखक
प्रा. डा. सविना श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय