+
+

वाईसीएलको प्रश्न : टोपबहादुर रायमाझी खोइ ? (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० वैशाख २९ गते १८:५८

२९ वैशाख, काठमाडौं ।  नेकपा माओवादीनिकट जनवर्गीय संगठनहरुले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्नलाई कारबाहीको माग गरेर प्रदर्शन गरेका छन् ।

उनीहरूले शुक्रबार माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

ऐक्यवद्धता तथा खबरदारी नाम दिएको प्रदर्शनमा सहभागीहरुले शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी खोइ भन्ने प्लेकार्ड पनि बोकेका थिए ।

पक्राउ पुर्जी जारी भएका रायमाझी अहिल सम्पर्क विहीन छन् । प्रहरीले खोजी गरिरहेको बताए पनि उनलाई पक्रन सकेको छैन ।

वाईसीएलको इन्चार्ज समेत रहेका माओवादीका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सरकारले राम्रो काम गरिरहेकाले त्यसमा समर्थन र ऐक्यवद्धता जनाउन तथा भ्रष्टाचारीलाई कारबाही गर्न कुनै दवावमा सरकार नझुकोस् भनेर खबरदारी गर्नका निम्ति प्रदर्शन गरेको बताए ।

प्रदर्शनका तस्वीरहरू हेर्नुहोस् :

   

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?