+
+
नक्कली भुटानी शरणार्थी प्रकरण :

म्याद थपका लागि पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तहरु अदालतमा पेश (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० वैशाख ३१ गते १६:४२

३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको हो ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार प्रहरीले यो प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतमा पेश गरेको छ । तर म्याद थपको निर्णय भइसकेको छैन ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?