+
+

नवौं इन्डोमा नेपाल कराते: पहिलो दिन नेपाललाई ६ स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते २०:०६

१९ जेठ, काठमाडौं नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन् ।

नेशनल युनाइटेड स्कुलकाे आयाेजना तथा नेपाल गाेजु-काइ कराते डाे संघकाे प्राविधिक सहयाेगमा सन्चालित प्रतियाेगिताकाे पहिलाे दिन पुरुष २० केजीमुनी तौलसमूहमा शिवपूरी डाेजाेका अरुण तामाङले स्वर्ण जिते ।

फाइनलमा उनले आईपीएसका सुसन तामाङलाई हराए । २५ केजीमूनि ताैलसमूहमा शिवपुरीकै ड्यानिएल तामाङले स्वर्ण जित्ने क्रममा आईपीएसका सुशन चाैलागाइंलाइ पराजित गरे ।

३० केजी ताैलसमूहमा दि चान्दबाग स्कुलका आरोग्य पौडेलले स्वर्णपदक जिते । उनले फाइनलमा लुम्बिनी एकेडेमीका शाैरभ चाैधरीलाइ पराजित गरे । पुरुषकै ४० केजीमूनि ताैलसमूहमा मित्रपार्क डाेजाेका श्रीयश शाही पहिलाे हुँदा फाइनलमा आफ्नै डाेजाेका प्रयास शाहीलाइ पराजित गरे । पुरुष कातातर्फ मित्रपार्क डाेजाेका खेलाडीकाे बर्चश्व रह्याे ।

सक्षम लामाले स्वर्ण जित्दा निश्चल राइले रजत र श्रीयस शाहीले कांस्य जिते । अर्काे कांस्य विजेता सीएमएसका पुजन तामाङ हुन् । महिला कातातर्फ आयाेजक नेशनल युनाइटेड स्कुलकी अपेक्षा मगरले स्वर्ण पदक जित्न सफल भइन् ।

चान्दबाग स्कुलकी अंशु गुरुङले रजत तथा आइपीएसकी सलिना लामा र आयाेजक नेशनलकी दिनिका राइले कांस्य जिते ।

महिला कुमुतेतर्फ ४० केजीमूनि लुम्बिनी एकेडेमीकी प्रेशा राईले स्वर्ण जितिन् । उनले फाइनलमा नेशनल युनाइटेडकी कुन्साङ राईलाई हराइन् । लुम्बिनीका पुजना राई र जिनियस वर्ल्ड स्कुलकी निनिशा हमालले कास्य जिते ।

हात्तिगौंडास्थित नेसनल युनाइटेड स्कुलको प्रांगणमा आयाेजित प्रतियाेगितामा नेपाल र भारतका विभिन्न डोजो तथा विद्यालयका गरै २५० भन्दा बढी खेलाडीहरु सहभागी छन् ।

प्रतियोगितामा काता र कुमुते गरी २४ स्वर्ण, २४ रजत तथा ४८ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उदघाटन समारोहमा २०२३ मे १४ मा बेलायतको ग्लोष्टर शहरमा सम्पन्न भएको उमा युरोपियन च्याम्पियनसिपमा ६० केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कास्य पदक बिजेता बिमल थपलिया, ८५ केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कास्य पदक बिजेता कुसुम ढकाल तथा टिम म्यानेजर आलोक बराललाई सम्मान गरिएको थियो । प्रतियोगितामा बाँकी स्पर्धाकाे खेलहरु शनिबार सम्पन्न हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?