+
+

मनोज पण्डितले फिल्म ‘ग्रेटर नेपाल’को नयाँ शृंखला ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १६:२४
फिल्म निर्देशक मनोज पण्डित

काठमाडौं । फिल्म निर्देशक मनोज पण्डितले १८ वर्षअघिको चर्चित डकुमेन्ट्री ‘ग्रेटर नेपाल’को नयाँ श्रृंखला ल्याउने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको तस्वीर झुण्डाएकोमा बधाई दिंदै उनले ‘ग्रेटर नेपाल : अस्तित्वको संघर्ष’ ल्याउने उल्लेख गरेका हुन् ।

केही वर्षदेखि दोस्रो श्रृंखलाको निर्माण भइरहेको बताउँदै उनले ‘ग्रेटर नेपाल’ प्रदर्शनको झण्डै दुई दशक पुग्नै लाग्दा नेपाली राजनीतिमा विशेष प्रभाव देखिन थालेको समेत उल्लेख गरेका छन् । ‘यसको उदाहरण बालेनको आँटको रुपमा देखिएको छ,’ उनले उल्लेख गरेका छन् ।

सम्भव भएसम्म यो फिल्मलाई देशका विद्यालयदेखि फिल्म हलमा समेत प्रदर्शन गर्न पहल गर्ने समेत उनले बताएका छन् । उनी लेख्छन्, ‘ग्रेटर नेपाल वृत्तचित्र बनाउन हिंड्दा यस्तो वाहियात विषयमा के मूर्खता गरेको भनेर उपदेश सुनेको कानले बालेनको अफिसबाट ग्रेटर नेपालको नक्सा उपलब्ध गराइदिन गरेको आग्रह सुन्दा साह्रै खुसी लागेको थियो । बिस्तारै ग्रेटर नेपाल नेपालीमनको आवाज बन्दैछ । अब केही वर्षभित्रमा भारतीय सरकारसँग नेपाल सरकारले आधिकारिक वार्ता गर्नेछ भन्ने मेरो विश्वास छ,’ उनले भनेका छन् ।

बिहीबार काठमाडौंका मेयर शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा झुण्डाएको खबर सार्वजनिक भएको थियो । बालेनको यो कार्यलाई लिएर सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ । भारतको नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा भन्दै नेपाल, बंगलादेशसहित मुलुकका भूभाग पनि समेटिएपछि त्यसको आलोचना भइरहेको छ ।

बंगलादेशले भारतसँग स्पष्टीकरण सोधेको छ भने नेपालका परराष्ट्रमन्त्री एनपी साउदले एक भारतीय टिभीसँग अन्तर्वार्ता दिंदै नेपाल सरकारलाई यसबारे थाहा नभएको बताएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालैको भारत भ्रमणमा पनि भारतीय संसदको उक्त नक्साले चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?