+

फ्याटी लिभर भएकाले रक्सी पिउँदा के हुन्छ ?

२०८० जेठ  ३२ गते १६:१८ २०८० जेठ ३२ गते १६:१८
फ्याटी लिभर भएकाले रक्सी पिउँदा के हुन्छ ?

कलेजो वरिपरि अनावश्यक बोसो जम्मा हुनुलाई फ्याटी लिभर भनिन्छ । हाम्रो कलेजोको कुल तौलमा पाँचदेखि १० प्रतिशत बोसो हुनु सामान्य मानिन्छ । कुनै कारण योभन्दा बढी बोसो जम्मा भएमा फ्याटी लिभर भएको बुझ्नुपर्छ ।

फ्याटी लिभर दुई प्रकारका हुन्छन्, अल्कोहलयुक्त र अल्कोहलरहित । नियमित रक्सी खाने व्यक्तिमा अल्कोहलयुक्त फ्याटी लिभरको समस्या देखिन्छ । किनकि रक्सीले कलेजोलाई फेल गराउने र त्यसमाथि रक्सीसँग रातो मासु वा बोसोयुक्त खानेकुराको सेवनले अझ कलेजोमा बोसो जम्ने सम्भावना देखिन्छ ।

रक्सी नखाने तर मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोलको समस्या भएका, जंकफुडको अत्यधिक सेवन, चिल्लो खानेकुरा र कार्बोहाइड्रेट बढी भएको खानेकुरा खाने व्यक्तिको पनि कलेजोमा बोसो जम्मा हुन थाल्छ । यो अल्कोहलरहित फ्याटी लिभर हो । पछिल्लो समय रक्सीले भन्दा अरु कारणले फ्याटी लिभरको समस्या हुनेहरु बढेका छन् ।

फ्याटी लिभरको जोखिम कसलाई ?

मोटोपनको समस्या भएका, व्यायाम नगर्ने  लामो समयदेखि निरन्तर बोसोयुक्त खानेकुरा (जस्तै, रातो मासु), चिल्लो खानेकुरा (जस्तै, तारेको, भुटेको¬) र जंकफुड खाने व्यक्तिमा फ्याटी लिभर हुने सम्भावना धेरै हुन्छ । यसले शरीरमा अनावश्यक बोसोको मात्रा बढाउँछ ।

मधुमेहको समस्या भएकालाई पनि यसको जोखिम बढी हुन्छ । किनकि उनीहरुको पाचनशक्ति र रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

फ्याटी लिभरको संकेत

फ्याटी लिभर हुँद प्रारम्भिक लक्षण त खास त्यस्तो केही देखिंदैन । यसको पहिचान सिटिस्क्यान, भिडियो एक्सरे गरेर मात्र गर्न सकिन्छ । यदि कसैलाई प्रायः पेटको माथिल्लो दाहिने भाग दुख्ने, असहज महसुस भएमा पनि फ्याटी लिभर भएको हुन सक्छ ।

फ्याटी लिभरका कारण कोलेस्टेरोल बढ्ने र मधुमेह हुने सम्भावना अधिक हुन्छ । समयमा यसको उपचार नगरे क्यान्सर समेत हुने जोखिम हुन सक्छ । कलेजोमा बोसो जम्मा हुँदा यसको कार्यक्षमतामा ह्रास आउँदै गएर कलेजो नै फेल समेत हुन सक्छ ।

फ्याटी लिभर भएकाले रक्सी पिउँदा के हुन्छ ?

फ्याटी लिभर भएकाले रक्सी खाएमा कलेजो खराब हुन्छ । यसको उपचार नभए कलेजो फेल हुने र क्यान्सर समेत हुने जोखिम हुन्छ ।

फ्याटी लिभर भएमा के खाने, के नखाने ?

रक्सी, रातो मासु, बोसोयुक्त मासु, जंकफुड, चिल्लो खानेकुराबाट टाढै रहनुपर्छ । उच्च कार्बोहाइडे«ट (जस्तै, दूध, आलु, बिस्कुट, कोल्ड ड्रिंक, मकै, फ्रेन्च फ्राइ आदि) खानेकुरा पनि बार्नुपर्छ ।

चिनी, सक्खर लगायत गुलियो खानेकुराले शरीरमा ग्लुकोजको मात्रा बढाएर फ्याटी लिभरको जोखिम बढाउन सक्छ । भुटेको खानेकुराले बोसो जम्मा गराउने सम्भावना अधिक हुने भएकाले खानुहँुदैन ।

फ्याटी लिभरबाट कसरी बच्ने ?

फ्याटी लिभरको समस्या देखिएमा मोटोपन छ भने तौल घटाउन प्रयास गर्ने, व्यायाम गर्ने, सुन्तुलित भोजन गर्ने, बोसोरहित खानेकुराको सेवन गर्ने र समय-समयमा रगत जाँच गराउनुपर्छ । यसमा कोलेस्टेरोलको मात्रा कति छ भनेर जाँच गरिन्छ । यदि फ्याटी लिभर भइसकेको छ भने औषधिमार्फत नियन्त्रण गर्न सकिन्छ ।

(पेट तथा कलेजोरोग विशेषज्ञ डा. कश्यप काठमाडौं टोखास्थित ग्रान्डी अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

फ्याटी लिभर रक्सी
डा. अखिलेश कश्यप
लेखक
डा. अखिलेश कश्यप
पेट तथा कलेजोरोग विषेशज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ४०६८ एमडी, डीएम हाल ग्रान्डी इन्टरनेसनल अस्पतालमा कन्सलटेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट तथा हेपाटोलोजिस्टको रुपमा कार्यरत, ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय