+
+

युगान्डाको एक विद्यालयमा आक्रमण हुँदा ४० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १०:४४

३ असार, काठमाडौं । युगान्डाको एक विद्यालयमा आक्रमण हुँदा ४० जनाको मृत्यु भएको छ । स्लामिक स्टेट समूहसँग सम्बन्धित विद्रोही, एलाइड डेमोक्र्याटिक फोर्सेस (एडीएफ)ले पश्चिम युगाण्डानाको पोन्ड्वे शहरमा रहेको एक माध्यमिक विद्यालयमा आक्रमण गरेको हो ।

आक्रमणबाट मारिएका ४० जनामध्ये धेरैजसो छात्रावासमा बसेका विद्यार्थीहरु छन् । आक्रमणमा परी आठ जनाको अवस्था गम्भीर छ ।

स्थानीय समय अनुसार शुक्रबार राति साढे ११ बजेतिर आक्रमण भएको युगाण्डाको सेनाका एक जना मेजर जेनेरलले स्थानीय सञ्चारमाध्यमहरुलाई बताएका छन् । उनका अनुसार केही विद्यार्थीहरुलाई बीभत्स तरिकाले हत्या गरिएको छ भने केहीलाई अपहरण गरिएको छ ।

एडीएफले सन् १९९० को दशकमा विद्रोह सुरु गरेको घोषणा गरेको थियो । एडीएफ डेमोक्र्याटिक रिपब्लिक अफ कंगोको पूर्वी भागमा रहँदै आएको बताइन्छ ।

युगान्डा र कंगोले एडीएफविरुद्ध संयुक्त सैन्य कारबाही सन्चालन गर्दै आएका छन् । १८ महिना अघि गरिएको एक सैन्य कारबाहीलाई एडीएफले असफल बनाइदिएको थियो ।

शुक्रबार विद्यालयमा आक्रमण गरिएपछि सो समूहलाई सेनाले विमानसमेत परिचालन गरेर कंगोको भिरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ केन्द्रित रहेर कारबाही अघि बढाएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?