+
+

सेन्सर बोर्डको नयाँ नियम : जाँच हुने फिल्मबारे पूर्व जानकारी नदिइने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १६:३४

काठमाडौं । फिल्म सेन्सर बोर्डले मंगलबारदेखि नयाँ नियम ल्याएको छ । अबदेखि सेन्सर बोर्डका सदस्यलाई कुन फिल्मको जाँच हुन गइरहेको छ भन्ने पूर्व जानकारी नदिइने भएको छ । हलभित्र पुगेपछि मात्र सेन्सर सदस्यले जाँच हुन लागेको फिल्मबारे थाहा पाउनेछन् ।

ठूला फिल्मको सेन्सरका क्रममा स्वयं बोर्डका पदाधिकारीले परिवार र साथीभाइ लैजानेदेखि सेन्सरको क्रममा सूचना चुहिन थालेपछि यसलाई कडाइ गर्न बोर्डले कसिलो नियम ल्याएको बुझिएको छ । मंगलबार बेलुका हुने सेन्सरका लागि सदस्यलाई फिल्मको नामबिनै बोलाइएको छ । उनीहरुलाई कुन फिल्मको सेन्सर हुँदैछ भन्ने जानकारी दिइएको छैन ।

आफूलाई सेन्सरका लागि बोलाइएको तर कुन फिल्मको हुँदैछ भनेर जानकारी नदिइएको सेन्सर बोर्डका एक सदस्यले जानकारी दिए । तर मंगलबार नेपाली फिल्म ‘परस्त्री’को सेन्सर गर्ने तयारी छ । परस्त्रीका निर्देशक सुरज पाण्डेले आफ्नो फिल्मको सेन्सर हुन लागेको बताए ।

यसअघि फिल्मको नाम भनेरै सदस्यलाई जाँच प्रक्रियामा बोलाउने नियम थियो । प्रतीक्षित फिल्मको सेन्सरको क्रममा वितरकदेखि सदस्यका परिवार र आफन्त पनि हलमा पुग्दा हल भरिने गरेको थियो । जसले गर्दा सेन्सर प्रक्रिया प्रभावित हुने गुनासो पनि आउने गरेको थियो । यसलाई लिएर लामो समयदेखि विरोध भइरहेको थियो । यसैबीच, सेन्सर बोर्डले सदस्यका लागि कसरी फिल्म हेर्ने भन्ने निर्देशनसहितको निर्देशिका पनि हालै ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?