+
+

प्राधिकरणका महानिर्देशक अधिकारीलाई पर्यटन मन्त्रीको दोस्रो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते ११:४५

२१ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दोस्रो स्पष्टीकरण सोधेका छन् ।

पहिलो स्पष्टीकरणको जवाफ अधिकारीले नदिएपछि ‘के कति कारणले जवाफ नदिएको हो’ भन्ने बेहोराको दोस्रो स्पष्टीकरण मन्त्री किरातीले सोधेका छन् ।

पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रीस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको हो । तीन दिनको समय राखेर स्पष्टीकरण सोधिएको छ ।

यसअघि गत असार ११ गते ९ बुँदे प्रश्न सोधिएको थियो । ७ दिनको समय राखि सोधिएको प्रश्नको जवाफ महानिर्देशक अधिकारीले दिएका थिएनन् ।

उनले आफूलाई मन्त्रीपरिषद्ले नियुक्ति दिएको भन्दै स्पष्टीकरण नदिने अडान राखेका थिए । अब तीन दिन भित्र पनि जवाफ नआएमा भने कानून अनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्टीकरण पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?