+
+

अमेरिका भ्रमणका लागि चिनियाँ विदेशमन्त्रीलाई निम्तो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १२:४९

चीनको विदेश मन्त्रीमा पुन: नियुक्त भएका वाङ यीलाई अमेरिकाले वासिंटन भ्रमणका लागि आमन्त्रण गरेको छ । दुई देशबीचको सम्बन्धमा चिसोपना कायमै रहेको समयमा अमेरिका र चीनका उच्च तहका अधिकारीहरुबीच भेटवार्ताको श्रृंखला बढिरहेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले वाङ् यीले निमन्त्रणलाई स्वीकार गर्ने बताएपनि उनको भ्रमणको यकिन मिति भने बताएको छैन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले गत महिना चीन पुगेको समयमा तत्कालीन विदेशमन्त्री क्वी गाङलाई अमेरिका भ्रमणको निम्तो दिएका थिए । विदेशमन्त्रीको जिम्मेवारी क्वीनबाट खोसेर वाङलाई दिएसँगै उनैलाई निमन्त्रणा दिइएको विदेश मन्त्रालयले जनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट विदेशमन्त्रालयको जिम्मेवारी तोकिएका क्वीको जिम्मेवारी सात महिनापछि खोसिएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेने वाङसँग दुई साताअघि भएको आसियान मुलुकहरुको सम्मेलनमा भेट गरेका थिए । ‘त्यस भेटघाट सम्बन्ध सुधारका लागि संवादलाई निरन्तरता दिने नीति अनुरुप भएको थियो’, ह्वाइट हाउसका प्रवक्तला जोन मिलरले भनेका छन् ।

जुलाइमा अमेरिकाकातर्फबाट चीनमा धेरै नै उच्चस्तरीय भ्रमण भएका छन् । अमेरिकी अर्थमन्त्री जेनट एलन र वातावरण दूत जोन केरी जुलाई चीन गएका थिए ।

दुई मुलकको सम्बन्ध गत फेब्रुअरी यता झनै तिक्तताको चरणमा पुगेको थियो । गत महिना प्रविधि कम्पनी माइक्रोसफ्टले चिनियाँ ह्याकरहरुले पश्चिमा अधिकारीहरुको इमेल ह्याक गरेको बताएसँगै सम्बन्धमा थप दरार पैदा भएको छ ।

चीनले भने अमेरिकी उक्त आरोप अस्वीकार गर्दै भनेको छ, ‘अमेरिकानै सबैभन्दा ठूलो ह्याकिङ साम्राज्य विस्तार गर्ने मुलुको हो र विश्वकै ठूलो साइबर चोर पनि अमेरिका नै हो ।’

विश्वकै ठूला अर्थतन्त्र अमेरिका र चीनबीच प्रतिस्पर्धात्मक तिक्ताको सम्बन्ध छ । आपसी सम्बन्ध सुधारका लागि नियमित संवादलाई   निरन्तरता दिन भने उनीहरु तयार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?