+

५ उपाय, डेंगुबाट यसरी बच्ने

२०८० साउन  ३१ गते १७:४० २०८० साउन ३१ गते १७:४०
५ उपाय, डेंगुबाट यसरी बच्ने

डेंगु एडिस लामखुट्टेले टोकेपछि हुन्छ । खासगरी यो लामखुट्टे रातमा नभई दिउँसो सक्रिय हुन्छ । रातको समयमा भने यसको खासै जोखिम हुँदैन ।

अरु लामखुट्टे जस्तो यसको आवाज सुनिदैन र थाहै नपाई टोक्न सक्छ । खुट्टा, पाखुरा जस्तो लुगाले नछोपिएको भागमा टोक्छ । यद्यपि यसले टोक्नसाथ डेंगु लाग्छ भन्ने होइन । संक्रमित लामखुट्टेले टोक्यो भने मात्र डेंगु लाग्नसक्छ ।

कसरी थाहा हुन्छ ?

संक्रमित लामखुट्टेले टोकेपछि ज्वरो आउँछ । टाउको दुख्छ । वान्ता हुने, चक्कर लाग्ने, मांसपेशी वा जोर्नी दुख्ने, आँखाको भित्री भाग दुख्ने, शरीर गलेको महसुष हुनेगर्छ ।

भुक्तभोगीहरुका अनुसार डेंगु निकै पीडादायक हुन्छ । डेंगु संक्रमित भएर उपचारका लागि दौडधूप गर्नुभन्दा यसको टोकाइबाट बच्नु सर्वोत्तम हो ।

१. यो लामखुट्टे बस्न र फैलन नदिने

आफ्नो घर, कार्यथलो आसपासमा राम्ररी सरसफाई गरेमा यो लामखुट्टे फैलन पाउँदैन । खासगरी पानीको ट्यांकी, ड्रम, बाल्टिनलाई राम्ररी छोप्ने ताकि, त्यहाँ यो लामुखट्टे छिर्न नसकोस् ।

पानी जम्ने खाल्डाखुल्डी पुर्ने । घरबाहिर बोत्तल, टायर, प्लाष्टिकमा पानी जमेर यो लामखुट्टेले आफ्नो वासस्थान बनाउन सक्छ । त्यसैले त्यस्ता बस्तुहरुमा पानी जम्न नदिने ।

अध्याँरो कुना, पर्दा पछाडि, खाटको मुनी, शौचालय भित्र किटनाशक औषधि छर्कन सकिन्छ ।

फुलदानी वा त्यसमा जम्ने पानीमा पनि यो लामखुट्टे बस्न सक्छ । त्यसैले पानी जम्ने वा ओसिलो सरसामन सफा राख्ने ।

२. पुरा शरीर ढाक्ने लुगा लगाउने

यो लामखुट्टे दिउँसो सक्रिय हुने भएकाले कुनैपनि बेला यसले टोक्न सक्छ । त्यसैले संभव भएसम्म पुरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । गर्मीमा हामी प्राय शरीर खुला राख्ने गर्छौं । यसले गर्दा लामखुट्टेलाई टोक्न सहज हुन्छ । बरु, पातलो वा हल्का लुगा भएपनि शरीर ढाक्नेगरी लगाउनुपर्छ । यसले लामखुट्टेको टोकाईबाट बचाउँछ ।

३. लामखुट्टे भगाउने धुप वा लिक्विडको प्रयोग

दिउसोको समय घर वा कार्यलयमा बसेर काम गर्नुपर्ने अवस्था छ भने लामखुट्टे भगाउने धुप वा लिक्विड प्रयोग गर्न सकिन्छ । यसले केही हदसम्म यसको जोखिमबाट बचाउँछ ।

४. क्रिमको प्रयोग

दिउसोको समयमा घरमा बस्दा, काम गर्दा वा कतै जाँदा ओडोमस नामक क्रिम लगाउन सकिन्छ, खासगरी लुगाले नछोपिएको भागहरुमा । यसले लामखुट्टेको टोकाईबाट केही हदसम्म बचाउँछ ।

५. झ्याल ढोकामा जाली

घर, कार्यलय वा कुनैपनि भवनको झ्याल ढोकामा राम्ररी जाली लगाइएको छ भने लामखुट्टे भित्र छिर्न पाउँदैन ।

यद्यपि यी सबै अस्थायी उपायहरु हुन् र तर आजभोली एडिस लामखुट्टे नियन्त्रण गर्न हाल उपलब्ध सामग्रीहरू लामखुट्टे भगाउन प्रभावकारी नभएको हो कि भन्ने देखाउँछ । तसर्थ स्थायी रुपमा डेंगुबाट बच्न लामखुट्टेको लार्भा वा प्युपा समयमा नै खोजेर नष्ट गर्नु नै प्रभागकारी हुन्छ । यसलाई नष्ट गर्न सकेमा सहज नियन्त्रण गर्न सकिन्छ । नभए महामारी रुप लिन सक्नेछ ।

डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

 

डेंगु डेंगु एडिस लामखुट्टे
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय