+
+

अख्तियारको कर्मचारी भन्दै व्यापारी धम्क्याएको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १९:२४

१९ भदौ, जनकपुरधाम । अख्तियारको कर्मचारी हौँ भन्दै जनकपुरमा व्यापारीहरुलाई धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-७ बस्ने हंसपुर नगरपालिका ३ का अनिल सिंह र राहुल सिंह रहेका छन् ।

उनीहरुले ७ वटा पसलमा रकम असुल गर्ने उद्देश्यले धम्की दिएको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरुले ‘हामी अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौ, तपाईको पसल सिल गर्छौं’ भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको डीएसपी गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?