+

गर्भावस्थामा आमाले फोलिक एसिड खाँदा बच्चालाई पनि फाइदा

२०८० भदौ  २८ गते १८:३२ २०८० भदौ २८ गते १८:३२
गर्भावस्थामा आमाले फोलिक एसिड खाँदा बच्चालाई पनि फाइदा

२८ भदौ, काठमाडौं । गर्भावस्थाको योजना बनाइरहेका वा गर्भवती भइसकेका महिलाले खानपानमा विशेष ध्यान दिनुपर्छ । यस्तो बेला महिलालाई सामान्य अवस्थामा भन्दा बढी भिटामिन र खनिज चाहिन्छ । त्यसैले प्रत्येक महिलालाई गर्भावस्थाको समयमा फोलिक एसिड लिन सल्लाह दिइन्छ ।

फोलिक एसिड महत्त्वपूर्ण पोषक तत्त्व हो, यसलाई बी–भिटामिन र फोलेट पनि भनिन्छ । फोलिक एसिड हाम्रो शरीरका लागि धेरै महत्त्वपूर्ण छ । यो एसिड हाम्रो शरीरमा कोषिकाहरुको वृद्धिका लागि आवश्यक हुन्छ ।

गर्भावस्थामा फोलिक एसिड किन जरुरी ?

फोलेट तथा फोलिक एसिड भिटामिन बी ९ का प्रकार हो । जुन बच्चाको मस्तिष्क र मेरुदण्ड विकासका लागि चाहिन्छ । त्यसैले गर्भावस्थाको योजना बनाइरहेका र गर्भवती महिलालाई फोलिक एसिड खाने सल्लाह दिइन्छ ।

१२ हप्तामा गर्भमा रहेको बच्चाको मेरुदण्डको विकास हुन्छ । त्यसैले गर्भावस्थाको १२ हप्तासम्म गर्भवतीले फोलिक एसिड खाइन् भने फोलिक एसिड पाएर मेरुदण्डको विकासमा सहयोग पुग्छ । साथै शरीरले स्वस्थ नयाँ कोषिकाहरु बनाउन र डीएनए संश्लेषण र मर्मत गर्न फोलिक एसिड चाहिन्छ ।  शरीरले रातो रक्त कोषिकासहित नयाँ कोषिकाहरु बनाउन फोलिक एसिड प्रयोग गर्छ ।

नितेश घिमिरे

फोलिक एसिड विभिन्न फल, तरकारी, नट र अन्नहरूमा पाइन्छ । तर अहिले हामीले खाइरहेको खानेकुराहरू प्रशोधित भएकाले ती खानाबाट शरीरलाई आवश्यक पर्ने भिटामिन मिनरल्सहरु प्राप्त भएको हुँदैन । त्यसैले पूरकको रूपमा गर्भवतीलाई फोलिक एसिड खाने सल्लाह दिइएको हो ।

कहिलेबाट खाने, कति मात्रामा खाने ?

कसैले गर्भावस्थाको योजना बनाइरहेका छन् भने गर्भ रहनु भन्दा दुई महिनाअघिबाट यसको सेवन सुरु गर्नुपर्छ । पाँच एमजी फोलिक एसिड दैनिक एक पटक खानापछि खान सकिन्छ । १२ हप्तासम्म यसलाई नियमित रूपमा खानुपर्छ ।

कुनै गर्भवती महिलाले फोलिक एसिड खान छुटाएमा त्यही समयबाट खान पनि सक्छन् । यो भिटामिनलाई चिकित्सकको सल्लाहअनुसार खानु राम्रो हुन्छ ।

फोलिक एसिड खान छुटे हुन सक्ने जोखिम

बच्चालाई चाहिने जति प्राय: सबै प्रकारका पोषक तत्त्व बच्चाले आमाबाट नै पाउँछ । तर यदि केही कारणवश आमाको शरीरमा फोलिक एसिड एकदमै  कम छ भने बच्चामा ओठ तथा च्यापु काटिने, मुटुसम्बन्धी समस्या र ‘स्पाइना बिफिडा’ मेरुदण्डको विकासमा समस्या लगायत समस्या देखा पर्न सक्छ । त्यसैले गर्भावस्थाका महिलाले फोलिक एसिड खानु बच्चाको स्वास्थ्यको लागि राम्रो हुन्छ ।

गर्भावस्थाबाहेक पनि फोलिक एसिड खान सकिन्छ

शरीरलाई हरेक दिन विभिन्न किसिमका पोषक तत्त्वको आवश्यकता पर्छ । विभिन्न पोषक तत्त्वहरूको काम शरीरमा विभिन्न काम ठीकसँग पूरा गर्नु हो । यदि यीमध्ये कुनै पनि पोषक तत्त्वको कमी भयो भने  हाम्रो स्वास्थ्यमा विभिन्न समस्या निम्तिन सक्छ । त्यसैले गर्भावस्थामा मात्र होइन, वृद्धावस्थामा पनि पोषक तत्त्वको कमी नहोस् भनेर मल्टिभिटामिन दिन सकिन्छ । जसमा फोलिक एसिड पनि समावेश हुन्छ ।

(काठमाडौ मोडल अस्पतालका आवासय चिकित्सक नितेश घिमिरेसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)  

गर्भावस्था फोलिक एसिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग