+

मस्तिष्क मृत्युपछि पनि मान्छेको किन उपचार गरिन्छ ? (भिडियो)

२०८० असोज  ७ गते १३:४९ २०८० असोज ७ गते १३:४९
Shares
मस्तिष्क मृत्युपछि पनि मान्छेको किन उपचार गरिन्छ ? (भिडियो)

शरीरको कुन अंगले पूर्णत काम गर्न छाडेपछि मान्छेलाई मृत्यु घोषित गरिन्छ ? अर्थात मृत्यु हुनु भनेको कुन अंग निस्क्रिय हुनु हो ?

मुटु ? फोक्सो ? मिर्गौला वा मस्तिष्क ?

चिकित्सा विज्ञानले दुई अवस्थालाई ‘मृत्यु’ भनी घोषित गर्छ । एक क्लिनिकल डेथ, अर्को मतिष्क मृत्यु । यी दुबैमा के अन्तर छ ? के कुनै व्यक्तिले आफ्नो मृत्युको पीडाबोध गर्न सक्छ ?

किनभने जब कसैको ब्रेन डेथ हुन्छ, शरीरका अन्य अंगहरुले भने काम गरिरहेको हुनसक्छ । यसमा मस्तिष्क पूर्ण रुपमा निस्क्रिय हुन्छ । त्यसैले मस्तिष्क मृत्युपछि मान्छेले कुनैपनि कुरा बोध गर्न सक्दैन । तपाईंले बोलेको उनको कानले सुन्दैन, तपाईंले देखाएको चिज उसको आँखाले देख्दैन । चिमोट्दा, चलाउँदा कुनै प्रतिक्रिया जनाउँदैन । दुखाई, हलचल केही हुँदैन ।

किनभने मान्छेमा यस्तो भाव पैदा गर्ने काम मस्तिष्कले गरिरहेको हुन्छ । जब मस्तिष्कको नै मृत्यु भइसकेको छ भने शरीरले खास काम गर्दैन ।

किन हुन्छ मस्तिष्क मृत्यु ?

मस्तिष्क मृत्यु आफैमा रोग होइन । यो दृर्घटना हो । मस्तिष्क मृत्यु हुनुमा धेरै कारण हुन्छन् । जस्तो टाउकोमा चोट लाग्दा मस्तिष्कसम्म त्यसको असर परेर हुनसक्छ, मस्तिष्क सुकेर, मस्तिष्क रक्तश्राव भएर, मस्तिष्कमा ट्युमर पलाएर मस्तिष्क मृत्यु हुनसक्छ ।

मस्तिष्क मृत्युको कुनै संकेत हुन्छ ?

सामान्यत हेरेकै भरमा अरु समस्या जस्तो यसको पहिचान गर्न सकिदैन । यो चिकित्सकिय पद्धतीबाट मात्र टुंगो गर्न सकिने विषय हो ।

मस्तिष्क मृत्यु जाँच गर्ने विशेष मापदण्ड हुन्छ । यस्तो जाँच जुनसुकै चिकित्सकले गर्ने अनुमति हुँदैन । यसका लागि सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेका विज्ञहरु जस्तै आइसियुमा कार्यरत चिकित्सक, न्यूरो सर्जन, न्यूरोलोजिस्ट वा फिजिसियन जसले कम्तिमा पाँच बर्ष यही विधामा काम गरेको हुनछ ।

मस्तिष्क मृत्यु त्यती सहजै घोषणा गर्न मिल्दैन । कम्तिमा १२ घण्टाको अन्तरालमा दुई चोटी परीक्षण गरेर यसबारे टुंगो गर्न सकिन्छ । प्राय मस्तिष्क मृत्यु भएका विरामीलाई भेन्टिलेटरमा राखिएको हुन्छ ।

के कस्तो जाँच गरिन्छ ?

मस्तिष्क मृत्यु भएका व्यक्तिको श्वासप्रश्वास छ वा छैन भनेर जाँच गरिन्छ । उनलाई चिमोट्दा, पिट्दा कुनै प्रतिक्रिया दिन्छ वा दिदैन त्यो हेरिन्छ । आँखामा प्रकास पार्दा आँखा चिम्लने वा सानो हुन्छ वा हुँदैन ? घाँटीमा कुनै सामाग्री छिराउँदा वाकवाक वा कुनै प्रतिक्रिया दिन्छ वा दिदैन ? अर्थात कुनैपनि शारीरिक गतिविधिमा प्रतिक्रिया दिन्छ वा दिदैन भनेर हेर्ने गरिन्छ ।

यी सबै गरिसकेपछि इलेक्ट्रोएन्सेफलोग्राम (इयजी) परीक्षण गरिन्छ । यसमा मस्तिष्कले चाल देखाउँछ । जसरी मुटुको इसिजीले चाल देखाउाछ त्यसरी नै मस्तिष्कको चाल हेर्नका लागि इइजी हेर्ने गरिन्छ । दिमागले कुनै काम गरेको छैन भने त्यो पानीको फोका जस्तो मात्र देखिन्छ ।

मस्तिष्क मृत्युपछि मान्छेलाई निधन भएको घोषणा गरिन्छ कि उपचार ?

मस्तिष्क मृत्यु हुनु भनेको एक हिसाबले मान्छेको मृत्यु नै हो । मस्तिष्क मृत्यु भइसकेपछि मान्छे पुनः बाँचेको अहिलेसम्मको कुनै रेकर्ड छैन । अहिलेसम्म भएका विभिन्न खोज–अध्ययन अनुसार मान्छे फेरी फर्केर आउने अवस्था पनि देखिदैन । यदि कुनैदिन मस्तिष्क प्रत्यारोपणको व्यवस्था भए त्यो छुटै कुरा हो ।

तर, भनिन्छ नि सास भएसम्म आश हुन्छ । त्यसैले मान्छेको मुटु चलेसम्म उनीहरुको उपचार गरिन्छ । खासगरी यसरी उपचार गर्नका लागि परिवारले नै अनुरोध गर्ने गर्छन् ।

धेरैजसो मान्छेको मृत्यु मस्तिष्क मृत्युले भन्दा पनि क्लिनिकल डेथबाट हुन्छ । यसमा मुटुको चाल पूर्णत बन्द हुन्छ ।

के मान्छेले मृत्युको अनुभूत गर्न सक्छ ?

मलाई लाग्छ, मान्छेले मृत्युको बोध गर्न सक्दैन । किनभने जब मान्छे मृत्युको नजिक पुग्छ, उनिहरुको मस्तिष्कले राम्ररी काम गर्न सकिरहेको हुँदैन । यसरी मस्तिष्कले काम गर्न नसकेको अवस्थामा शरीरमा हुने कतिपय बोध पनि गर्न सकिदैन ।

यद्यपि कतिपय जटिल रोगको बिरामी जस्तो क्यान्सर भएकाहरुले मृत्युको बेला पीडाबोध गर्न सक्छन् ।

डा. राजीव झा मस्तिष्क मृत्यु
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भारतमा इच्छामृत्यबाट मृत्युवरण गर्ने पहिलो व्यक्ति बने हरिश राणा

भारतमा इच्छामृत्यबाट मृत्युवरण गर्ने पहिलो व्यक्ति बने हरिश राणा

फार्मेसी खापाभित्रबाट औषधिहरूको रात्रीकालीन गन्थन

फार्मेसी खापाभित्रबाट औषधिहरूको रात्रीकालीन गन्थन

के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?

के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?

पीसीओएसले कसरी निम्त्याउछ बाँझोपनको समस्या  ? चिकित्सकलाई प्रश्न र जवाफ

पीसीओएसले कसरी निम्त्याउछ बाँझोपनको समस्या ? चिकित्सकलाई प्रश्न र जवाफ

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…