+

मस्तिष्क मृत्युपछि पनि मान्छेको किन उपचार गरिन्छ ? (भिडियो)

२०८० असोज  ७ गते १३:४९ २०८० असोज ७ गते १३:४९
मस्तिष्क मृत्युपछि पनि मान्छेको किन उपचार गरिन्छ ? (भिडियो)

शरीरको कुन अंगले पूर्णत काम गर्न छाडेपछि मान्छेलाई मृत्यु घोषित गरिन्छ ? अर्थात मृत्यु हुनु भनेको कुन अंग निस्क्रिय हुनु हो ?

मुटु ? फोक्सो ? मिर्गौला वा मस्तिष्क ?

चिकित्सा विज्ञानले दुई अवस्थालाई ‘मृत्यु’ भनी घोषित गर्छ । एक क्लिनिकल डेथ, अर्को मतिष्क मृत्यु । यी दुबैमा के अन्तर छ ? के कुनै व्यक्तिले आफ्नो मृत्युको पीडाबोध गर्न सक्छ ?

किनभने जब कसैको ब्रेन डेथ हुन्छ, शरीरका अन्य अंगहरुले भने काम गरिरहेको हुनसक्छ । यसमा मस्तिष्क पूर्ण रुपमा निस्क्रिय हुन्छ । त्यसैले मस्तिष्क मृत्युपछि मान्छेले कुनैपनि कुरा बोध गर्न सक्दैन । तपाईंले बोलेको उनको कानले सुन्दैन, तपाईंले देखाएको चिज उसको आँखाले देख्दैन । चिमोट्दा, चलाउँदा कुनै प्रतिक्रिया जनाउँदैन । दुखाई, हलचल केही हुँदैन ।

किनभने मान्छेमा यस्तो भाव पैदा गर्ने काम मस्तिष्कले गरिरहेको हुन्छ । जब मस्तिष्कको नै मृत्यु भइसकेको छ भने शरीरले खास काम गर्दैन ।

किन हुन्छ मस्तिष्क मृत्यु ?

मस्तिष्क मृत्यु आफैमा रोग होइन । यो दृर्घटना हो । मस्तिष्क मृत्यु हुनुमा धेरै कारण हुन्छन् । जस्तो टाउकोमा चोट लाग्दा मस्तिष्कसम्म त्यसको असर परेर हुनसक्छ, मस्तिष्क सुकेर, मस्तिष्क रक्तश्राव भएर, मस्तिष्कमा ट्युमर पलाएर मस्तिष्क मृत्यु हुनसक्छ ।

मस्तिष्क मृत्युको कुनै संकेत हुन्छ ?

सामान्यत हेरेकै भरमा अरु समस्या जस्तो यसको पहिचान गर्न सकिदैन । यो चिकित्सकिय पद्धतीबाट मात्र टुंगो गर्न सकिने विषय हो ।

मस्तिष्क मृत्यु जाँच गर्ने विशेष मापदण्ड हुन्छ । यस्तो जाँच जुनसुकै चिकित्सकले गर्ने अनुमति हुँदैन । यसका लागि सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेका विज्ञहरु जस्तै आइसियुमा कार्यरत चिकित्सक, न्यूरो सर्जन, न्यूरोलोजिस्ट वा फिजिसियन जसले कम्तिमा पाँच बर्ष यही विधामा काम गरेको हुनछ ।

मस्तिष्क मृत्यु त्यती सहजै घोषणा गर्न मिल्दैन । कम्तिमा १२ घण्टाको अन्तरालमा दुई चोटी परीक्षण गरेर यसबारे टुंगो गर्न सकिन्छ । प्राय मस्तिष्क मृत्यु भएका विरामीलाई भेन्टिलेटरमा राखिएको हुन्छ ।

के कस्तो जाँच गरिन्छ ?

मस्तिष्क मृत्यु भएका व्यक्तिको श्वासप्रश्वास छ वा छैन भनेर जाँच गरिन्छ । उनलाई चिमोट्दा, पिट्दा कुनै प्रतिक्रिया दिन्छ वा दिदैन त्यो हेरिन्छ । आँखामा प्रकास पार्दा आँखा चिम्लने वा सानो हुन्छ वा हुँदैन ? घाँटीमा कुनै सामाग्री छिराउँदा वाकवाक वा कुनै प्रतिक्रिया दिन्छ वा दिदैन ? अर्थात कुनैपनि शारीरिक गतिविधिमा प्रतिक्रिया दिन्छ वा दिदैन भनेर हेर्ने गरिन्छ ।

यी सबै गरिसकेपछि इलेक्ट्रोएन्सेफलोग्राम (इयजी) परीक्षण गरिन्छ । यसमा मस्तिष्कले चाल देखाउँछ । जसरी मुटुको इसिजीले चाल देखाउाछ त्यसरी नै मस्तिष्कको चाल हेर्नका लागि इइजी हेर्ने गरिन्छ । दिमागले कुनै काम गरेको छैन भने त्यो पानीको फोका जस्तो मात्र देखिन्छ ।

मस्तिष्क मृत्युपछि मान्छेलाई निधन भएको घोषणा गरिन्छ कि उपचार ?

मस्तिष्क मृत्यु हुनु भनेको एक हिसाबले मान्छेको मृत्यु नै हो । मस्तिष्क मृत्यु भइसकेपछि मान्छे पुनः बाँचेको अहिलेसम्मको कुनै रेकर्ड छैन । अहिलेसम्म भएका विभिन्न खोज–अध्ययन अनुसार मान्छे फेरी फर्केर आउने अवस्था पनि देखिदैन । यदि कुनैदिन मस्तिष्क प्रत्यारोपणको व्यवस्था भए त्यो छुटै कुरा हो ।

तर, भनिन्छ नि सास भएसम्म आश हुन्छ । त्यसैले मान्छेको मुटु चलेसम्म उनीहरुको उपचार गरिन्छ । खासगरी यसरी उपचार गर्नका लागि परिवारले नै अनुरोध गर्ने गर्छन् ।

धेरैजसो मान्छेको मृत्यु मस्तिष्क मृत्युले भन्दा पनि क्लिनिकल डेथबाट हुन्छ । यसमा मुटुको चाल पूर्णत बन्द हुन्छ ।

के मान्छेले मृत्युको अनुभूत गर्न सक्छ ?

मलाई लाग्छ, मान्छेले मृत्युको बोध गर्न सक्दैन । किनभने जब मान्छे मृत्युको नजिक पुग्छ, उनिहरुको मस्तिष्कले राम्ररी काम गर्न सकिरहेको हुँदैन । यसरी मस्तिष्कले काम गर्न नसकेको अवस्थामा शरीरमा हुने कतिपय बोध पनि गर्न सकिदैन ।

यद्यपि कतिपय जटिल रोगको बिरामी जस्तो क्यान्सर भएकाहरुले मृत्युको बेला पीडाबोध गर्न सक्छन् ।

डा. राजीव झा मस्तिष्क मृत्यु
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय