+
+

नासाले अन्तरिक्षमा पत्ता लगायो ‘आइन्स्टाइन औंठी’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १३:०९

काठमाडौं । वैज्ञानिकहरुका अनुसार अन्तरिक्षमा २१ सय करोड प्रकाशवर्ष टाढा एउटा घना आकाशगंगा छ । यसको चारैतर्फ घुमाउरो प्रकाशको रिङ छ । सो रिङको आकृति परिवर्तन भैरहेको र चलायमान तथा टुटफुट भैरहेको हुन्छ । त्यसैले यसलाई आइन्स्टाइन रिङ पनि भनिन्छ । यो एक रहस्यमय आकाशगंगा हो ।

हालै नासाको जेम्स वेब स्पेस टेलिस्कोपले यो आकाशगंगामा अवस्थित आइन्स्टाइन रिङको तस्वीर लिएको छ । पहिलोपटक यति टाढाको कुनै आइन्स्टाइन रिङको प्रष्ट तस्वीर खिचिएको हो ।

यसलाई आइन्स्टाइन रिङ भन्नुको कारण छ । किनकि सापेक्षिकताको सिद्धान्तमा अल्बर्ट आइन्स्टाइनले यो रिङ पत्ता लगाएका थिए ।

यो एक निकै दुर्लभ दृश्यको रुपमा रहेको छ । यो औँठीको गुरुत्वाकर्षण शक्ति निकै धेरै हुन्छ । जसलाई gravitationally lensed object भनिन्छ ।

कुनै शक्तिशाली आकाशगंगा वा ब्लाक होलले आफ्नो चारैतर्फ अन्तरीक्ष समयलाई बाँधेर राख्दा यस्तो रिङ बन्दछ । त्यहाँबाट जुन प्रकाश निस्कन्छ त्यसले चारैतर्फ एउटा घेराजस्तो आकृति बनाउँदछ ।

यो रिङले आफ्नो नजिकमा रहेका अन्य आकाशगंगा, सुपरनोभा तथा आफ्नो नजिकबाट आउने कुनै पनि वस्तुलाई आफूतर्फ तानेर समाहित गर्दछ वा ती पिण्डहरु यसको नजिक हुँदा टेढो भएर निस्किन्छन् । किनकि यो रिङको गुरुत्वाकर्षण यति धेरै शक्तिशाली हुन्छ कि यसको नजिकबाट गुज्रने वस्तुको आकार नै बदलिन्छ । यो नै आइन्स्टाइन रिङको शक्ति हो ।

आमरुपमा यस प्रकारको शक्तिशाली गुरुत्वाकर्षण शक्ति भएको वस्तुको नजिक अन्तरीक्षमा एउटा अर्धचन्द्राकार चमकवाला आकृति देखिन्छ वा कुनै अधूरो रिङ देखिन्छ । तर पहिलोपटक यति धेरै पूर्ण आइन्स्टाइन रिङ देखिएको हो । वास्तविक आइन्स्टाइन रिङले पूर्ण आकारको घेरा बनाउँदछ । यो त्यसबेला देखिन्छ जब रिङको केन्द्र, रिङ र देख्नेवाला एउटा सिधा रेखामा हुन्छ ।

हालै यो तस्वीरसँग सम्बन्धित एउटा रिपोर्ट प्रिपिन्ट सर्भर arXiv  मा प्रकाशित भएको छ । यो रिपोर्ट नेचर एस्ट्रोनोमीमा समेत प्रकाशित हुने भएको छ ।

यो आइन्स्टाइन रिङको नाम JWST-ER1 राखिएको छ । जेम्स वेब स्पेस टेलिस्कोपले अहिलेसम्म ५ लाखभन्दा धेरै आकाशगंगाको खोजी गरिसकेको छ । यसलाई कसमस वेब सर्भे भनिन्छ ।

आइन्स्टाइन रिङको घेरा पृथ्वीभन्दा १७ सय करोड प्रकाश वर्ष टाढा छ । जबकि उसको आकाशगंगा त्यो रिङभन्दा अझै ४ सय करोड प्रकाशवर्षको दूरीमा छ । यो अहिलेसम्म अन्तरीक्षमा खोज गरिएको सबैभन्दा टाढाको वस्तु हो ।

यसअघि अन्तरीक्षमा सबैभन्दा टाढा अर्थात् १४ सय ७० प्रकाशवर्ष टाढाको मात्र वस्तुको खोज भएको थियो । ब्रम्हाण्डको उमेर १३ सय ७० करोड वर्ष मानिन्छ । यो ब्रम्हाण्ड लगातार फैलिरहेको छ । आइन्स्टाइन रिङको वजन ६५०० करोड वटा सूर्यको बराबर रहेको बताइन्छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?