+
+

मापदण्डभन्दा बढी प्रदूषण गर्ने सवारी साधनलाई महानगरले कारवाही गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १५:३४
फाइल तस्वीर

२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्डभन्दा बढी प्रदूषण गर्ने सवारी साधनलाई कारवाही गर्ने भएको छ ।

चेकजाँचका क्रममा नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढी धुवाँजन्य प्रदूषण गर्ने सवारीलाई कारवाही गरिने महानगरले जनाएको छ ।

काठमाडौं महानगरभित्रका सडकमा मापदण्डभन्दा बढी प्रदूषण गर्ने सवारी साधन सञ्चालनमा रहेको जनगुनासो आएपछि वायु प्रदूषण चेकजाँच गरेर कारबाही गर्ने जानकारी महानगरले सूचनामार्फत गरेको हो ।

‘वायु प्रदूषणका मुख्य कारकहरुमध्ये सवारी साधनबाट उत्सर्जन हुने धुवाँ प्रमुख कारक रहेकोले आगामी दिनहरुमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भएर गुड्ने सवारी साधनहरुको वायु प्रदूषण चेकजाँच गर्ने र मापदण्ड विपरीत गुड्ने सवारी साधनलाई कारबाही गरिनेछ,’ सूचनामा भनिएको छ ।

यस्ता सवारीलाई काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन अनुसार मापदण्ड विपरीत कार्य गर्न बन्देज लगाएर तीन लाख रुपैंयाँसम्म जरिवाना गर्न सक्ने सूचनामा उल्लेख छ ।

महानगरको वातावरण व्यवस्थापन विभागले भनेको छ, ‘दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने र दिएको आदेश बमोजिम कार्य नभएमा सोही उपदफा बमोजिम गरिएको जरिवानाको तेब्बर जरिवाना गराउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?