+

मेनिन्जाइटिसको उपचार के छ ?

२०८० असोज  २४ गते १३:०७ २०८० असोज २४ गते १३:०७
Shares
मेनिन्जाइटिसको उपचार के छ ?

मेनिन्जाइटिस एक संक्रामक रोग हो, जसले दिमागलाई प्रभावित गर्छ । मेनिन्जाइटिस संक्रमण हुँदा थोरै मात्र लापरवाही गरियो भने ज्यानै समेत जाने जोखिम हुन सक्छ । त्यसैले समयमै उपचार गरेर बच्न यस रोगबारे जान्न आवश्यक छ ।

मेनिन्जाइटिस के हो ?

मस्तिष्कमा तीनवटा ‘मेनिन्जेस’ झिल्ली हुन्छ । सो झिल्लीहरुले मस्तिष्क र मेरुदण्डको हड्डीलाई ढाकेर सुरक्षा प्रदान गर्छ । कुनै कारणवश ‘मेनिन्जेस’ झिल्लीमा संक्रमण भएमा त्यसलाई मेनिन्जाइटिस भनिन्छ ।

मेनिन्जाइटिसको मुख्य कारण भनेको कुनै पनि प्रकारको भाइरल, फंगस र ब्याक्टेरियल संक्रमणले दिमागको झिल्ली मेनिन्जमा असर गर्नु हो । स्ट्रेप्टोकोकस निमोनिया, हेमोफिलस इन्फ्लुएन्जा, एन्टरोभाइरस, हर्पेस भाइरसको संक्रमण यसको कारण बन्न सक्छ । डेगु, कोभिड जस्ता संक्रमण, अत्यधिक ज्वरो आउँदा, क्षयरोग, पिनास भइरहेमा, विषादीको अत्यधिक प्रयोगले संक्रमण फैलिएर मेनिन्जाइटिस हुन सक्छ । र, कसैलाई नदुख्ने औषधि धेरै प्रयोग गरेमा पनि मेनिन्जाइटिस हुने सम्भावना हुन्छ ।

बदलिंदो मौसममा बाह्य भाइरस सक्रिय हुँदा मेनिन्जाइटिसको जोखिम बढी हुन्छ । जसका कारण बालबालिका बढी संक्रमित हुन सक्छन् ।

जोखिम समूह

मेनिन्जाइटिसको जोखिम जुनसुकै उमेर समूहलाई हुन सक्छ । तर प्रतिरक्षा प्रणाली कम भएकाहरुमा संक्रमणको जोखिम उच्च हुन सक्छ । जस्तै, शिशुहरूमा प्रतिरक्षा प्रणालीको विकास कम भएको कारण बढी जोखिममा हुन सक्छन् । वृद्धमा उमेरसँगै प्रतिरक्षा प्रणाली कमजोर हुँदै जान्छ, संक्रमणको जोखिम बढ्छ । केमोथेरापी गराइरहेका व्यक्ति, इम्युनोसप्रेसिभ औषधिहरू लिइरहेका व्यक्ति र मधुमेह जस्ता दीर्घकालीन रोग भएका व्यक्ति जोखिममा पर्न सक्छन् ।

लक्षण

मेनिन्जाइटिसमा संक्रमित व्यक्तिमा टाउको दुख्ने, ज्वरो आउने, गर्दन दुख्ने, बान्ता हुने, छाला र ओठ पहेंलो हुने, चिसो महसुस हुने जस्ता लक्षण देखिन्छन् । यीमध्ये मेनिन्जाइटिसको प्रमुख लक्षण ज्वरो, अत्यधिक टाउको दुखाइ र गर्दन एकसाथ दुख्नु हो । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ । किनभने मेनिन्जाइटिस ढिला उपचार गराएमा प्राणघातक पनि हुन सक्छ ।

पहिचान तथा उपचार

मेनिन्जाइटिस पहिचानका लागि सिटीस्क्यान गरेर हेर्नुपर्छ । यसमा ढाडभित्र रहेको पानीको नमुना लिइन्छ । मेनिन्जाइटिसको समस्या आपतकालीन अवस्था हो । त्यसैले यसको पहिचान हुने बित्तिकै उपचार आवश्यक पर्छ । जसले गर्दा संक्रमणलाई फैलिनबाट रोक्न सकिन्छ । एन्टीबायोटिक तथा मेनिन्जाइटिसकै एन्टीभाइरल औषधि अस्पताल भर्ना भएको कम्तीमा पनि १४ दिनसम्म नियमित रुपमा नसामा सुई लगाएर दिन्छ । संक्रमण धेरै भएमा बारम्बार ज्वरो आयो,  हाउभाउमा परिवर्तन आएमा,  अवस्था गम्भीर हुँदै गएमा आईसीयू तथा भेन्टिलेटरमै राख्नुपर्ने अवस्था हुन्छ ।

जटिलता

संक्रमण तीव्र रुपमा बढिरहेको छ तर समयमा उपचार नपाएमा जटिलता बढ्दै जान्छ । शिशुमा कान कम सुन्ने, दिमागको ढिलो विकास हुने जस्ता जटिलता देखिन्छन् भने वयस्कमा समयमै उपचार हुँदा पूर्ण रुपमा निको हुन्छ । यद्यपि, ढिला भएमा कसैमा मृत्यु समेत हुन सक्ने सम्भावना हुन्छ । फंगस र क्षयरोगको संक्रमण दिमागमा फैलिएर उपचारमा ढिला भएमा मृत्यु हुन सक्छ ।

बच्ने उपाय

मेनिन्जाइटिसबाट बच्ने उपाय भनेको कुनै पनि किसिमको संक्रमणबाट बच्नु हो । सरसफाइमा ध्यान दिने,  ज्वरो, रुघाखोकीलाई बेवास्ता नगर्ने, चोटपटकको बेलैमा उपचार गराउँदा दिमागमा यस्ता संक्रमण पुग्न पाउँदैनन् । यसबाट बच्न अहिले खोप पनि उपलब्ध छन् ।

(न्युरोलोजिस्ट डा. भट्टराई काठमाडौं महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. सुमन भट्टराई मेनिन्जाइटिस
डा. सुमन भट्टराई
लेखक
डा. सुमन भट्टराई
वरिष्ठ न्युरोलोजिस्ट

मेडिकल काउन्सिल दर्ता नम्बर : ६९६९ एमडी (न्युरोलाजी) नेसनल न्युरो सेन्टर, बीएण्डबी अस्पताल र मनमोहन कार्डियाक सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा