+

केटा र केटीको स्वर किन फरक-फरक हुन्छ ?

२०८० कात्तिक  १७ गते १८:०१ २०८० कात्तिक १७ गते १८:०१
Shares
केटा र केटीको स्वर किन फरक-फरक हुन्छ ?

पुरुष र महिलाको स्वर किन एकनास हुँदैन ? किन हरेक मान्छेको स्वरमा विविधता हुन्छ ? कसरी स्वर मात्र सुनेर पनि मान्छे पहिचान गर्न सकिन्छ ?

यो निकै रोचक विषय हो ।

संसारभर जतिपनि मान्छे छन्, उनीहरुको स्वरमा एकरुपता हुन्न । एकै घरमा, एउटै आमाबुवाको कोखबाट जन्मिएका सन्तानको स्वर पनि उस्तै हुन्न । स्वरमा केही न केही फरक हुन्छ । त्यसमाथि पनि पुरुष र महिलाको स्वर एकदमै भिन्न हुन्छ ।

कसैको स्वर कर्कश हुन्छ, कसैको मधुर । कसैको स्वर सानो हुन्छ, कसैको चर्को । यसरी स्वरमा विविधता हुनुको कारण के हो ?

हामीले जुन आवाज निकाल्छौं वा जे बोल्छौं, त्यो ध्वनी घाँटीमा भएको स्वरयन्त्रबाट निस्कन्छ । स्वरयन्त्रलाई मेडिकल भाषामा ल्यारेंक्स भनिन्छ ।

स्वरयन्त्रमा दुई वटा कर्ड हुन्छ, त्यसैको माझमा हावाको माध्यामबाट स्वर निस्कन्छ । अझ भनौं, श्वासनलीको माथिल्लो भागमा भएको भोकल कर्ड भित्र कम्पन (भाइब्रेट) भएर स्वर वा ध्वनी आउँछ । यसरी आएको स्वरलाई बुझिने भाषामा वा अभिव्यक्त गर्न चाहेको भाषामा बोल्न जिब्रो र मस्तिष्कले खास भूमिका खेलेको हुन्छ ।

स्वरयन्त्र कस्तो स्थितिमा हुन्छ ?

स्वरयन्त्र घाँटीको तल्लो भागबाट दुई भागमा विभाजित हुन्छ । स्वरयन्त्रभित्र दुईवटा भोकल कर्ड हुन्छ । भोकल कर्ड तारजस्तो हुन्छ । भोकल कर्डको कम्पन (भाइब्रेसन)बाट नै आवाज निस्किने हो । यो श्वासनली र खानानलीको बीचमा रहेको हुन्छ ।

महिला र पुरुषको स्वर फरक किन हुन्छ ?

अनुहारको, शारीरिक बनावट फरक फरक भएजस्तै महिला र पुरुषको स्वयन्त्रको बनावट पनि फरक हुन्छ । महिलाको भोकल कर्डको लम्बाइ पुरुषको भन्दा छोटो हुन्छ । जसले गर्दा पुरुषको आवाज सामान्यत लामो र बाक्लो तहको कारण मोटो हुन्छ । जबकि महिलाहरूको स्वरयन्त्र लामो भएको कारण आवाज अलि मसिनो वा सुरिलो हुन्छ ।

यसैगरी सबै पुरुष वा सबै महिलाको स्वर एकै हुँदैन । जसरी मान्छेको शारीरिक बनावट र अनुहारको फरक फरक भएजस्तै कसैको मधुरो, कसैको तिखो, कसैको भासिएको जस्तो र कसैको धोद्रो हुन्छ । स्वर जस्तोसुकै भएपनि त्यो आफैमा समस्या होइन, प्राकृतिक हो ।

किन कसैको चर्को स्वर, कसैको मधुर ?

स्वरयन्त्रको बनावट र श्वासप्रश्वासको क्रममा स्वरयन्त्रमा पर्ने दबाव धेरै भएमा चर्को आवाज आउँछ । यस्तो दबाव कम भएमा आवाज अलि मधुर हुन्छ ।

हामीले कतिपयको स्वर कति मधुर वा मीठो भनिरहेका हुन्छौं । यसो हुनुमा उनीहरुको बोल्ने अभ्यास पनि एक हो । मान्छेले निरन्तर जस्तो बोल्छ, त्यही अनुसार उनीहरुको आवाजमा मिठास आउने वा नआउने हुनसक्छ । यसमा हाम्रो जिब्रो, घाँटी, अनुहारको हड्डीदेखि मस्तिष्कसम्मको पनि परोक्ष भूमिका हुन्छ ।

चर्को बोल्ने मान्छेको स्वरयन्त्रमा समस्या हुन्छ ?

चर्को आवाजमा बोल्ने र लामो समयसम्म बोल्ने व्यक्तिमा स्वरयन्त्रमा समस्या आउन सक्छ ।

किनभने जब हामी चर्को स्वरमा वा लामो समयसम्म बोलिरहन्छौं, स्वरयन्त्रमा अतिरिक्त दबाव पर्छ । निरन्तरको घर्षणले गर्दा मासु पलाउने, पानीको फोका आउने समस्या हुन्छ ।

यसैगरी चर्को स्वरमा चिच्याएर बोल्दा स्वरयन्त्रमा संक्रमण हुनसक्छ ।

स्वरयन्त्र
डा. अरुण केसी
लेखक
डा. अरुण केसी
नाक, कान, घाँटीरोग विशेषज्ञ

डा. केसी वीर अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत छन् । उनले सीएमएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर ६४१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

आखिर मान्छे किन बिरामी पर्छ ? यी हुन् मुख्य ८ कारण

आखिर मान्छे किन बिरामी पर्छ ? यी हुन् मुख्य ८ कारण

गर्भावस्थाको दोस्रो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको दोस्रो महिना के गर्ने, के नगर्ने ?

‘मेसु, निर्देशकको पछि पछि हिँड्ने जनशक्ति मात्रै होइनन् अस्पताल व्यवस्थापक’

‘मेसु, निर्देशकको पछि पछि हिँड्ने जनशक्ति मात्रै होइनन् अस्पताल व्यवस्थापक’

कोलेस्टेरोल किन बढ्छ ?

कोलेस्टेरोल किन बढ्छ ?