+

पाठेघर मुखको क्यान्सर हुनुअघि नै थाहा पाउने विधि, जाँचका लागि कति खर्च ?

२०८० कात्तिक  १९ गते १५:०९ २०८० कात्तिक १९ गते १५:०९
पाठेघर मुखको क्यान्सर हुनुअघि नै थाहा पाउने विधि, जाँचका लागि कति खर्च ?

नेपालमा महिलाहरुको मृत्युको एक प्रमुख कारणमध्ये मानिन्छ, पाठेघरको क्यान्सर । पाठेघर मुखको क्यान्सर हुनुमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को खास भूमिका हुन्छ ।

यद्यपि यस किसिमको क्यान्सर हुनु अगावै त्यसको संकेत थाहा पाउन सकिन्छ र संभावित जोखिमबाट पूर्ण मुक्त हुन सकिन्छ । अर्थात पाठेघरको मुखको क्यान्सर हुन्छ वा हुँदैन भन्ने कुरा पाँच बर्ष अगाडि नै थाहा पाउन सकिन्छ । जुन परीक्षणलाई एचपीभी डिएनए भनिन्छ ।

यो कस्तो विधि हो ?

यो पाठेघरको मुखको क्यान्सर हुनुभन्दा पहिला नै थाहा पाउने विधि हो । यसका लागि एचपीभी डिएनए परिक्षण गरेर थाहा पाउन सकिन्छ । यसलाई स्क्रिनिङ टेस्ट पनिभनिन्छ ।

यस किसिमको जाँचले पाठेघरको क्यान्सरबारे पूर्व संकेत पाउन सकिन्छ । र, संभावित जोखिमबाट बच्न सकिन्छ ।

यसका लागि पाठेघरको मुखको पानी परीक्षण गरिन्छ । उक्त पानीमा क्यान्सर गराउने जीवाणु छ वा छैन भन्ने थाहा हुन्छ ।

कसरी गरिन्छ?

यो परीक्षण एकदमै सजिलो र छरितो छ । कुनै साइड इफेक्ट छैन । सामान्य ढंगमा परीक्षण गर्न सकिन्छ । यसका लागि इयर वर्ड जस्तै एउटा मेडिकल उपकरण हुन्छ, जसले यौनाङ्ग भित्रको पानी निकालेर ल्याबमा पठाइन्छ ।

यो परीक्षण क-कसले गर्नुपर्छ ?

पाठेघरको समस्या देखिएका महिलाहरुले अनिवार्य रुपमा गनुपर्छ । त्यस्तै ३० वर्षदेखि ४५ बर्ष उमेर पुगेका महिलाले पाठेघरको समस्या नदेखिएपनि नियमित रुपमा यो परीक्षण गर्न जरुरी छ ।

कति अवधिमा गर्नुपर्छ ?

एचपीभी डिएनए जाँच गर्दा रिपोर्ट नेगेटिभ आएमा पाँच बर्षसम्म ढुक्क भए हुन्छ । अर्थात स्थिती सामान्य छ भने पाँच पाँच बर्षको अन्तरालमा परीक्षण गराउनुपर्छ । साथै यो परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएमा अर्को परीक्षण गर्नुपर्छ, जसलाई भीआइए परीक्षण भनिन्छ । यसले पाठेघरमा क्यान्सर कति फैलिएको छ भन्ने हेर्न सकिन्छ ।

यदि यो रिपोर्ट पनि पोजेटिभ देखिएमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

तर, एचपीभी डिएनए जाँच गर्दा पोजेटिभ आउनसाथ आत्तिनु पर्दैन । कहिले काहीँ यस्तो जीवाणु आफै निस्कृय भएर जान सक्छ ।

यसको रिपोर्ट कति दिनमा पाइन्छ ?

एचपिभी परीक्षण गरेको १४ देखि १५ दिनभित्र यसको रिपोर्ट पाउन सकिन्छ ।

यसका लागि कति खर्च लाग्छ ?

मेरी स्टोप्स नेपालमा यो परीक्षण गर्न तीन हजार पाँच सय रुपैयाँ लाग्छ ।

यो सेवा कहाँ कहाँ पाइन्छ ?

मेरी स्टोप्स नेपालका शाखाहरुमा यो सेवा सहज रुपमा उपलब्ध छ । त्यससँगै क्यान्सर अस्पताल र अन्य कतिपय अस्पतालमा पनि यो सेवा लिन सकिन्छ ।

दवाडी मेरी स्टोप्समा कार्यरत स्टाफ नर्स हुन् ।

मेरी स्टोप्स
लेखक
सविना दवाडी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?