+

आमा बन्दै हुनुहुन्छ ?

२०८० कात्तिक  २० गते १५:४७ २०८० कात्तिक २० गते १५:४७
Shares
आमा बन्दै हुनुहुन्छ ?

आमा बन्नु आफैमा अनमोल अनुभव हो । आफ्नो कोखको बच्चालाई स्तनपान गराउँदा, काखमा खेलाउँदा, स्पर्श गर्दा, चुम्बन गर्दा जुन आनन्दानुभूत हुन्छ, त्यो अरु कुनै अवस्थामा प्राप्त हुँदैन ।

तर, यो एक जटिल र संवेदनशिल क्षण पनि हो । खासगरी पहिलो पटक आमा बन्दै हुनुहुन्छ भने धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भमा हुर्कदै गरेको बच्चाको शारीरिक र मानसिक विकास कसरी हुन्छ ? त्यसका लागि आफुले के कस्ता सावधानी अपनाउनुपर्छ ? मनन गर्नुपर्छ ।

पहिलो कुरा

पहिलो त कुन उमेरमा सन्तानको योजना बनाउने वा गर्भधारण गर्ने ? थाहा हुनुपर्छ ।  सबैभन्दा राम्रो २५ देखि ३० वर्षको उमेरमा एउटी महिला आमा बन्नका लागि सबैभन्दा बढी योग्य मानिन्छ ।

यसबेला महिलाको डिम्बको गुणस्तर राम्रो हुन्छ, जसले स्वस्थ बच्चा जन्म दिन सकिन्छ । त्यस्तै प्रसूतिको समयमा जटिलता आउने जोखिम पनि कम हुन्छ ।

गर्भधारणपछि आफुलाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्न जरुरी छ ।

दोस्रो कुरा

गर्भधानपछि आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग छलफल गर्नुपर्छ । यसमा आफ्नो पारिवारिक इतिहासदेखि अहिले कुनै रोग छ वा छैन भन्ने कुरा गरेर त्यसैको आधारमा के कस्ता सर्तकता अपनाउने भन्ने टुंगो गर्न सकिन्छ ।

जस्तो कसैलाई वंशानुगत रोग छ वा छैन, उच्च रक्तचाप, मधुमेह छ वा छैन, क्यान्सर, एचआइभी जस्ता समस्या छ वा छैन ? यसबारे स्पष्टसँग छलफल गर्नुपर्छ ।

यदि आफुलाई कुनै दीर्घरोग छ वा कुनै स्वास्थ्य समस्या छ भने त्यस्तो अवस्थामा गर्भको बच्चालाई हानि हुन्छ वा हुँदैन, प्रसूतिका क्रममा समस्या हुन्छ वा हुँदैन ? चिकित्सकसँग राम्ररी बुझ्नुपर्छ ।

गर्भावस्थामा के कस्ता शारीरिक परिवर्तन आउँछ ? यसबारे चिकित्सकसँग परामर्श लिनु उत्तम हुन्छ । पारिवारिक इतिहास, जोखिम कारक, स्वास्थ्य अवस्था, जीवनशैली आदिमा छलफल गरेर चिकित्सकले आफ्नो लागि सही परामर्श दिन सक्छन् ।

तेस्रो कुरा

सबै ठाउँमा चिकित्सक उपलब्ध वा अनुकुल नहुन सक्छन् । तर, अहिले इन्टरनेटको जमाना छ । इन्टरनेटबाट विभिन्न सामाग्री फेला पार्न सकिन्छ, जसले गर्भधानपछि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिएको हुन्छ । युट्युबमा वा विभिन्न मिडियामा प्रसूतिरोग विशेषज्ञले दिएको सुझाव, अन्र्तवार्ता पढ्न उचित हुन्छ ।

यससँगै आफुलाई पायक पर्ने ठाउँमा कुन स्वास्थ्य चौकी वा अस्पताल छ ? जानकारी राख्नुपर्छ । एम्बुलेन्स सेवाको सम्पर्क नम्बर लिनुपर्छ । संभव भएसम्म चिकित्सकको सम्पर्क नम्बर लिनुपर्छ र आवश्यक परेको बेला फोनबाटै परामर्श लिनुपर्छ ।

चौथो कुरा

अरु बेला जस्तै दिनचर्या नियमित राख्ने । हल्का काम गर्ने, सक्रिय रहने, समयमा खाने, विश्राम गर्ने ।

त्यस्तो कुनै असहज नभएसम्म सामान्य दिनचर्या अपनाउने । तर, धेरै सुतिरहने, गह्रौं भार उचाल्ने, धेरै लामो यात्रा गर्ने जस्ता कुरामा सजग रहनुपर्छ ।

पाँचौ कुरा

खानपान पनि महत्वपूर्ण हुन्छ, यसबेला । खासगरी सन्तुलित, सुपाच्य खानेकुरा खानुपर्छ । फलफूल, हरियो सागपात, सलाद खानु उत्तम हो । त्यससँगै नियमित खाना खानुपर्छ ।

आमाको खानाले गर्भको बच्चामा समेत प्रभाव पार्ने भएकाले सोही अनुसार पोषिलो र सहज रुपमा पचाउन सकिने खानेकुरा रोज्नुपर्छ । खानेकुरा खाँदा एकदमै आरमले, स्वाद लिएर खानुपर्छ ।

छैठौं कुरा

सकेसम्म ८ घण्टाको गहिरो निद्रा लिनुपर्छ । सुत्ने र उठ्ने तालिका नियमित गर्नुपर्छ ।

सातौ कुरा

गर्भावस्थामा शरीरलाई सक्रिय राख्नुपर्छ । हल्का व्यायाम गर्ने, हिँडडुल गर्ने बानी राम्रो हो । गर्भावस्थाको पहिलो र अन्तिम तीन महिना भने धेरै व्यायाम गर्नु हुँदैन । अरुबेला चिकित्सक र योग प्रशिक्षकको सुझावमा व्यायाम वा योग गर्नु राम्रो हो ।

ध्यान, प्राणायम जस्ता विधि यसबेला एकदमै प्रभावकारी हुन्छ । यसले मनलाई शान्त, स्थिर राख्न सहयोग गर्छ । आमाको मानसिक स्वास्थ्यले गर्भको बच्चामा पनि प्रभाव पार्छ, त्यसैले खुसी र आनन्दित हुने उपाय खोज्नुपर्छ ।

आठौं कुरा

यसबेला साथीभाई, परिवारका सदस्यसँग रमाइलो गफ गर्ने । फिल्म हेर्ने, गीत सुन्ने । राम्रो राम्रो पुस्तक पढ्ने । दिक्दारी, वेचैनी जस्तो विकार भाव आउन नदिने ।

नवौं कुरा

चुरोट, रक्सी आदि खानै हुन्न । जथाभावी औषधि खान हुन्न । कुनै समस्या भएमा चिकित्सकको परामर्शमा मात्र औषधि खानुपर्छ ।

आमा
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दिपक कुमार साह निर्वाचित

नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दिपक कुमार साह निर्वाचित

चिकित्सक संघ निर्वाचन : एकताको उत्सव र साझा स्वास्थ्य दृष्टिकोण

चिकित्सक संघ निर्वाचन : एकताको उत्सव र साझा स्वास्थ्य दृष्टिकोण

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’