+
+

एनएसएलमा धनगढी र काठमाडौंको बराबरी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १९:५७

२ पुस, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा धनगढी एफसी र काठमाडौं रेजर्सले १-१ को बराबरी खेलेका छन् ।

जारी प्रतियोगितामा अपराजित रहेको धनगढीले खेलमा पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन र काठमाडौंसँग अंक बाँड्यो ।

अहमद हिजाजीले गोल गर्दै धनगढीलाई १५ औं मिनेटमा नै अग्रता दिलाएका थिए ।

डियाग्ने फालोउले आफ्नै क्षेत्रबाट लामो पास दिएका थिए । त्यसमा काठमाडौंका आन्द्रेस नियाले आफ्नो साथीलाई ब्याक पास दिएका थिए । तर हिजाजीले बल पाए र उनले काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठ अघि बढेको मौकामा बक्सभित्रबाट भली प्रहार गर्दै गोल गरे ।

तर ६५औं मिनेटमा काठमाडौंले बराबरी गोल फर्काएको थियो । धनगढीका रोहन कार्कीले कोमिवनलाई लडाएपछि काठमाडौंले फ्रिकिक पाएको थियो ।

कोमिवनले बायाँ भागबाट हानेको फ्रिकिकमा किनगुए ओलिभरले बक्सभित्रबाट जम्प गर्दै हेडमार्फत गोल गरे । धनगढीका किपर टिकेन्द्र थापाले बचाउने अवसर नै पाएनन् ।

काठमाडौंको दशरथ रंगशालामा भएको खेल १-१ को बराबरीमा टुंगिएसँगै धनगढी १२ अंकसहित पहिलो र काठमाडौं ९ अंकसहित चौथो स्थानमा एथावत् छन् ।

अपराजित रहेको धनगढीको यो बराबरीले प्ले अफमा पुग्ने संभावना बलियो भएको छ ।

यो खेल सञ्चालन गरिरहेका मुख्य रेफ्री प्रज्वल क्षेत्री हाफ टाइममा घाइते भएका थिए । उनको सट्टा फोर्थ अफिसियलमा रहेका नविन्द्र महर्जनले दोस्रो हाफको खेल सञ्चालन गरे भने फोर्थ अफिसियलमा श्याम दनुवार आएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?