+
+

काठमाडौंमाथि वीरगञ्जको शानदार जित, ओपोकुको ह्याट्रिक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १९:०१

५ पुस, काठमाडौं । नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेडले डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि शानदार जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा वीरगञ्जले काठमाडौंमाथि ४–१ को फराकिलो जित हात पारेको हो । यो जितसँगै वीरगञ्जको प्ले अफको सम्भावना कायमै राखेको छ ।

खेलमा अग्रता भने काठमाडौंले लिएको थियो । २०औं मिनेटमा एनकुनगुए जुनियरले वन टच गोल गरेका हुन् ।

३७औं मिनेटमा अग्रता दोब्बर बनाउन अवसर पनि पाएको थियो । वीरगञ्जका दिपेन्द्र सिंहले हिसुब थपलियालाई लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । तर सोखरुखले हानेको पेनाल्टी वीरगञ्जका किपर दीप कार्कीले रोके ।

पहिलो हाफको इन्जुरी टाइममा वीरगञ्जले पेनाल्टी पायो । सुशील लामाले हानेको बल बचाउने क्रममा काठमाडौंका आन्द्रेस नियाले ह्याण्ड गर्न पुगे । पेनाल्टीमा वीरगञ्जका विलियम ओपोकुले गल्ती गरेनन् ।

दोस्रो हाफमा वीरगञ्ज हावी भयो । पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै टिमलाई अग्रता दिलाए । ओबेड ओसुवुले बायाँ साइडबाट क्रस गरेको बल काठमाडौंका किपर अञ्जल श्रेष्ठले पूर्ण रुपमा बचाउन सकेनन् । त्यही बलमा भर्खरै मैदान प्रवेश गरेका सुनिलले गोल गरे ।

५६ र ५७ औं मिनेटमा ओपोकुले लगार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । ५६ मिनेटमा सुशील लामाको कर्नरमा हेड गोल गरेका उनले अर्को मिनेटमा सुशीलले आफ्नै बक्सबाट दिएको लामो पासमा करिव ३० यार्डबाट भली प्रहार गर्दै उत्कृष्ट गोल गरे ।

यससँगै उनी एनएसएलको यो सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दा वीरगञ्ज ४–१ को अग्रता बनाउन सफल भयो । खेलमा त्यसपछि कुनै गोल भएन, जितपछि वीरगञ्ज ७ खेलबाट ८ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । पाँचौं स्थानमा रहेको काठमाडौंको ९ अंक छ ।

७ खेलबाट ८ अंकका साथ छैटौं स्थानमा उक्लिएको वीरगञ्ज शीर्ष चारमा रहेर प्लेअफ पुग्ने होडमा सामेल भएको छ । यद्यपि प्ले अफमा स्थान बनाउन अन्तिम खेलमा बुटवललाई हराएर मात्र पुग्दैन, अरुको नतिजामा भर पर्नुपर्छ ।

हारले काठमाडौंलाई पनि प्लेअफ पुग्न कठिन बनाएको छ । अब उसले अन्तिम खेलमा ललितपुरलाई हराउनुपर्नेछ, जो १० अंकसहित तेस्रो स्थानमा छ । त्यसपछि पनि झापा एफसी चितवनसँग पराजित हुनुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?