+
+

नेपाल टेलिकमले घोषणा गर्‍यो नगद लाभांश

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १०:५३

६ पुस, काठमाडौं । नेपाल टेलिकमले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा अनुरोध पठाउने निर्णय बैठकले गरेको छ ।

मन्त्रालयको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् । टेलिकममा सरकारी स्वामित्व नै ९१ दशमलव ४९ प्रतिशत रहेकाले सोही अनुपातको लाभांश सरकारले नै पाउँछ । टेलिकमले अहिलेसम्म लाभांशमा ४० प्रतिशतको सीमा घटाएको छैन ।

कम्पनीले गत आर्थिक वर्ष पनि ४० प्रतिशत नै नगद लाभांश प्रदान गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नै नगद लाभांश दिएको थियो । बिहीबार बजार बन्द हुँदा टेलिकमको सेयर मूल्य प्रतिकित्ता ९४० रुपैयाँ १० पैसा छ ।

टेलिकमले दिएको लाभांशको १० वर्षे इतिहास

आर्थिक वर्ष नगद लाभांश प्रतिशत सेयर बोनस प्रतिशत
२०८०/८१ ४०
२०७९/८० ४०
२०७८/७९ २० २०
२०७७/७८ ४०
२०७६/७७ ४५
२०७५/७६ ५५
२०७४/७५ ५५
२०७३/७४ ५१
२०७२/७३ ५०
२०७१/७२ ४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?