+
+

महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डाइग्नोस्टिक सेन्टरमा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते १७:३८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले एपोलो डाइग्नोस्टिक नेपाल प्रालिका सेवाहरुमा विशेष छुट पाउने भएका छन् ।

काठमाडौंको धुमबाराहीमा रहेको एपोलो डाइग्नोस्टिक सेन्टर र बैंकबीच छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

सम्झौतासँगै महालक्ष्मी विकास बैंकको डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सेन्टरले उपलब्ध गराउने हेल्थ प्याकेज र रुटिन टेस्टमा २५ प्रतिशत, आउटसोर्स टेस्टमा १० प्रतिशत, कोभिड–१९ आरटी पीसीआर टेस्ट १ हजार रुपैयाँ र र्‍यापिड टेस्टमा ७५० रुपैयाँ छुट पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?