+

बच्चालाई निद्रामा आउने ‘अटयाक’ले ज्यानसमेत जानसक्छ

२०८० माघ  ४ गते १४:४६ २०८० माघ ४ गते १४:४६
बच्चालाई निद्रामा आउने ‘अटयाक’ले ज्यानसमेत जानसक्छ

स-साना बालबालिकालाई सुतेको समयमा मांसपेशीमा ऐंठनसँगै आघात पर्ने समस्याले सताउन सक्छ । राति सुतेको अवस्थामा हुने भएकाले अभिभावकले चाल पाउँदैनन् । यस्तो घातकै कारण बालबालिका मृत्युकै मुखमा समेत पुग्न सक्छन् ।

हरेक वर्ष तीन हजारभन्दा बढी परिवारले अप्रत्यासित रुपमा आफ्नो सन्तान गुमाइरहेका छन् । अमेरिकाले गरेको एक अध्ययनले यही भन्छ ।

अप्रत्यासित रुपमा बालबालिकाको मृत्यु किन हुन्छ ? लामो समयसम्म पनि मुख्य कारण खुल्न सकेको थिएन ।

भिडियोमा कैद भएको श्यले दियो नयाँ बाटो’

गत ४ जनवरीमा जर्नल न्युरोलोजीमा प्रकाशित अध्ययनअनुसार अध्ययनकर्ताको टोलीले शव परीक्षणमा पनि मृत्युको कारण नखुलेपछि एकदेखि तीन वर्षको उमेरका आठ बालबालिकाको मृत्यको मेडिकल प्रमाणपत्र र भिडियोलाई प्रमाणको रुपमा प्रयोग गरेका थिए ।

न्युयोर्क युनिभर्सिटी लैंगोन हेल्थका अनुसन्धानकर्ता भन्छन्, ‘कैद गरिएको भिडियोअनुसार मृत्यु भएको ३० मिनेटअघि ६ सेकेन्ड ‘अटयाक’ आएको देख्न सकिन्छ । जसबाट बच्चामा अटयाकपछि मृत्यु भएको पत्ता लाग्यो ।’

अध्ययनअनुसार सातदेखि पाँच मिनेटको भिडियो रेकर्डिङ विना रोकावट चलिरहेको थियो । जसमा बच्चाको आवाज र दृश्यको गतिले घात भइरहेको संकेत गरेको पाइएको थियो । बाँकी दुई रेकर्डमा आवाज र दृश्यसँगै सुरु भई एक बच्चामा भने मांसपेशी ऐंठन पनि भएको स्पष्ट रुपमा देखिन्थ्यो । र, एकमा काम ज्वरोको घात आएको देखिएको थियो ।

‘निद्राको समय हुने घात बच्चामा अचानक मृत्युको लागि जिम्मेवार हुन सक्ने हाम्रो अध्ययनले सानो तर पहिलो प्रमाण प्रस्तुत गर्‍यो । तर घात के कारणले हुन्छ भन्ने पत्ता लाग्न सकेन, ’अध्ययनको नेतृत्व गरेका लउरा ग्लाउडले भनेका छन् ।

छारेरोगमा बच्चाको अप्रत्यासित मृत्यु हुनसक्छ’

बालबालिकामा अचानक मृत्यु किन हुन्छ ? अझै स्पष्ट कारण पत्ता लागेको छैन । तर एउटै मात्र यस्तो अवस्था छ । जसमा अचानक शिशुको मृत्यु छारेरोगका कारण हुनसक्छ । जसलाई चिकित्सकीय भाषामा ‘सडेन अनएक्सप्लेन इपिलेप्सी प्यासेन्ट’ भन्ने गरिन्छ ।

‘छारेरोगबाट पीडित बालबालिकाको अचानक मृत्यु हुनसक्छ । छारेरोगमा पनि ‘स्टाटस इपिलेक्ट्रिकस’ भएमा मृत्युको जोखिम हुन्छ । सामान्य छारेरोग भएमा  बच्चालाई पाँच सेकेन्डदेखि १२ सेकेन्डसम्म आघातको क्रम चलिरहन्छ,’ उनले भने, ‘तर स्टाटस इपिलेक्ट्रिकस प्रकारको छारेरोगमा यही क्रम तीन मिनेटसम्म चल्न सक्छ । यो घात १० सेकेन्ड बन्द हुँदा अक्सिजन पास हुन त्यति कठिन हुँदैन । सेकेण्डबाट मिनेटमा पुगेपछि श्वासनली सबै बन्द हुनसक्छ ।’

अक्सिजन र रक्तसञ्चार मस्तिष्कसम्म पुग्न पाउँदैन । र, सास फेर्न नसक्दा र्‍याल निस्किन्छ । अनि मृत्यु हुनसक्छ । छारेरोग भएका अधिकांशलाई राति सुतिरहेको समयमा यस्तो किसिमको घात आउनसक्छ । यस्तो किसिमको घात अन्य उमेरको दाँजोमा शिशुले सहन सक्ने क्षमता कम हुन्छ । त्यो मात्र होइन उसले बोल्न सक्दैन । कसैले थाहा नपाउँदा मृत्यु हुने जोखिम अझै बढेर जान्छ ।

बच्चामा छारेरोग

दिमागमा धेरै लोब हुन्छन् । जसमध्ये टाउको अगाडि हुने फ्रन्टल लोबमा भएको भाग वा कोषहरु असामान्य छ भने छारेरोग लाग्न सक्छ । जस्तै, कुनै संक्रमण, चोटपटक वा दिमागमा जन्मजात ट्युमर हुनसक्छ । पारिवारिक इतिहासमा कसैलाई भएमा बच्चाले यस्तै समस्या अनुभव गर्ने सम्भावना बढाउँछ ।

कसैलाई जन्मिंदै अक्सिजन नपुगेर छारेरोग लाग्नसक्छ भने गर्भावस्थामा छारेरोग देखिए पनि यसको असर एकदेखि दुई प्रतिशत शिशुमा मात्रै देखिन सक्छ । केन्द्रीय स्नायु प्रणालीलाई असर गर्ने संक्रमण जस्तै, मेनिन्जाइटिस वा इन्सेफलाइटिसले बालबालिकामा छारेरोगको जोखिम बढाउन सक्छ ।

मस्तिष्कमा संरचनात्मक असामान्यताहरूले बच्चामा आघात हुनसक्छ। जन्मपूर्व गर्भमा रहँदा विषाक्त पदार्थको सम्पर्क, संक्रमण वा प्रसवको समयमा हुने समस्या जस्ता कारकहरूको परिणाम हुनसक्छ ।

त्यस्तै, १५ प्रतिशतमा छारेरोग किन हुन्छ भने कारण थाहा हुँदैन । बच्चामा छारेरोगले अट्याक राति गर्छ । बालबालिकामा हुने यस्ता अप्रत्यासित मृत्यु एक लाखमा दुई जनालाई हुनसक्छ । कारण भनेको यस्ता समस्याको औषधि विकास भएका छन् । जसकारण समयमै रोग पत्ता लागी राति हुने ट्रिगरको औषधि चलाइन्छ । जसले मृत्यु हुनेसम्मको अवस्था कम छ ।

लक्षण

यो रोगको मुख्य लक्षण घात हो । यी विभिन्न रूपमा प्रकट हुन सक्छन्, जसमा ऐंठन, घुर्ने, सुत्न नसक्ने, कुनै कुरामा ध्यान दिन नसक्ने, मुड बदलिरहने र झर्को मान्ने जस्ता लक्षण हुनसक्छ ।

बालबालिकालाई अट्याक आए के गर्ने ?

सन्तानमा घात भएको देख्नु आमाबाबुको लागि पीडादायी र डरलाग्दो हुनसक्छ । यस समयमा अधिकांश अभिभावकहरू जानकारीको अभावमा डराउँछन् र के गर्ने मेसो पाउँदैनन् । यस्तोमा के गर्ने त ?

-बच्चालाई म्याटमा बिस्तारै सुताउनुपर्छ ।

-अब बिस्तारै बच्चालाई एक साइडतिर सुताउनुपर्छ ।

-बच्चाको टाउकोमुनि एउटा तकिया राख्नुहोस् ।

-यदि बच्चाले टाइट लुगा लगाएको छ भने खोलिदिनुहोस् । यदि कुनै प्रकारको खतरामा छैन भने बच्चालाई हिंड्न र दौडनबाट नरोक्नुहोस् ।

-बच्चाको मुखमा केही पनि खानेकुरा राख्न नदिनुहोस् । औषधि वा तरल पदार्थ पनि केही समय दिनुहुँदैन । यसले उसको जिब्रो वा दाँतलाई क्षति पुर्‍याउन सक्छ ।

-डाक्टरलाई घात कति समयसम्म रह्यो र यसका लक्षणहरू के-के थिए भनेर विस्तृत रूपमा बताउन सकिन्छ ।

उपचार

छारेरोगको उपचारका लागि चिकित्सकहरूले ‘ईईजी’बाट मस्तिष्कको अवस्था हेर्ने गर्छन् । यस्ता छारेरोगको घातमा चिकित्सकले केही औषधि दिन सक्छन् । यी औषधिको घातको जोखिम कम गर्न सकिन्छ । औषधि खाँदा पनि नियन्त्रण नहुने छारेरोगलाई मेडिकल रिफ्रेक्टरी एपिलेप्सी भनिन्छ । यस्तो अवस्थामा शल्यक्रिया विकल्प हुनसक्छ ।

साथै, यदि बच्चाको दिमागमा ट्युमर, असामान्य रक्तनलीहरू वा मस्तिष्कमा रगत बगेमा शल्यक्रिया गरिन्छ ।

प्रा.डा. राजीव झा बालरोग स्नायुरोग
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय