+

पाँच खानेकुरा, जुन गर्भावस्थामा लाभदायक हुन्छ

२०८० माघ  १५ गते १३:१८ २०८० माघ १५ गते १३:१८
Shares
पाँच खानेकुरा, जुन गर्भावस्थामा लाभदायक हुन्छ

गर्भावस्थामा स्वास्थ्यसँगै खानपानमा पनि विशेष ख्याल राख्नुपर्छ । यसबेला पौष्टिक तत्वले भरिपूर्ण खानेकुरा खानुपर्ने हुन्छ ।

गर्भावस्थामा आइरन, क्याल्सियम, फोलिक एसिड, प्रोटिनलगायत विभिन्न पौष्टिक तत्वको जरुरी हुन्छ । यसको परिपूर्तिका लागि चिकित्सकले माछामासु, अण्डा, गेडागुडी, सागसब्जी र फलफूल प्रशस्त मात्रामा खान सुझाउँछन् । यसबाहेक पनि गर्भवती महिलाका लागि यस्ता पाँच खानेकुरा छन्, जसले स्वास्थ्यलाई निकै लाभ पुर्‍याउँछ ।

दही

गर्भावस्थामा प्राय:ले खान रुचाउने खानेकुरामध्ये पर्छ दही । यो प्रोटिन प्रोबायोटिक्स र क्याल्सियमको राम्रो स्रोत हो । दहीमा पाइने क्याल्सियमले गर्भवती महिलाको हड्डी बलियो पार्नुका साथै शिशुको हड्डी विकासमा मद्दत गर्छ । दहीमा स्याउ, केरा तथा विभिन्न फलफूल मिसाएर खानु फाइदाजनक हुन्छ ।

यसमा भएको भिटामिनले शरीरमा ऊर्जा र शक्ति प्रदान गर्ने, पानीको कमी हुन नदिने र पाचन प्रणाली बलियो बनाएर कब्जियतको समस्याबाट टाढा राख्छ । चिसो लाग्ने समस्या भएमा दहीमा थोरै वीरेनुन वा सादा नुन राखेर खान सकिन्छ ।

दही सकेसम्म राति नखानु राम्रो हुन्छ । खानासँग, गाँजर वा काँक्रोमा मिसाएर बिहान वा दिउँसो दही खान सकिन्छ । नेपाली समाजमा गर्भवती महिलालाई दही चिउरा खुवाउने चलन पनि छ ।

खिचडी

खिचडी गर्भवती महिलाका लागि अर्को उत्तम खानेकुरा हो । दाल, चामल, मटरकोसा, गाँजर, आलु, गोलभेंडा, बोडी, प्याज र धनियाँ मिसाएर बनाइएको खिचडी पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन फाइबर सबै पोषण समावेश हुन्छ ।

यसले ऊर्जा प्रदान गर्नेदेखि पाचन क्षमतासमेत बढाउँछ । यसलाई खानाको सट्टा दिनको एक छाक वा एक दिन बिराएर खान सकिन्छ ।

चुकन्दर, पालक र पालुंगो

गर्भवती महिलालाई चुकन्दर, पालक र पालुंगो उपयुक्त खानेकुरा हुनसक्छ । यसमा भरपुर मात्रामा आइरन पाइन्छ । यसले आमा र बच्चामा रगतको कमी हुन दिंदैन र रक्तसञ्चार राम्रो बनाउँछ । यसलाई बिहान, दिउँसो र बेलुका जुनसुकै बेला खान सकिन्छ । यसलाई तरकारी, जुस, सलाद र रोटीलगायत खान सकिन्छ । पालुंगो साग र सबै खानेकुरामा हरियो सागपात मिलाएर खाँदा फाइदाजनक हुन्छ ।

ध र दुग्धजन्य खानेकुरा

गर्भवती महिलाले दूध वा दुग्धजन्य पदार्थ उपयुक्त मानिन्छ । दही, पनिर, चीज, घिउको दैनिक उपभोग गर्न सकिन्छ । यसमा गर्भवती महिलालाई आवश्यक प्रोटिन भरपुर मात्रामा पाइन्छ । गर्भवती महिलाले बिहान र बेलुका गरी दिनमा एक लिटर दूध पिउनुपर्छ ।

दूधमा बेसार मिसाएर र खीर बनाएर खान सकिन्छ । त्यसैगरी पनिरको तरकारी, चीज र बिहान-बेलुका खानामा घिउ तताएर खान सकिन्छ । यो शाकाकारी तथा मांसाहारी जुनसुकै गर्भवती महिलाले सजिलै खाने परिकार हो । यसले ग्यास्ट्रिक वा पेटसम्बन्धी समस्याबाट टाढा राख्छ ।

पहेंलो फलफूल

पहेंलो फलफूल पनि गर्भवती महिलाको लागि सर्वोत्तम खानेकुरा हो । आँप, केरालगायत फलफूलमा भिटामिन ए र सी भरपुर मात्रामा पाइनुका साथै एन्टिअक्सिडेन्ट गुण पनि भरपुर हुन्छ ।

दैनिक खाइने दाल भात तरकारीसँगै भिन्डी, दालसँग मिसाएर कुरिलो, कुखुराको कलेजो, फर्सीको बीउ, सूर्यमुखीको बीउ, एभोकाडो, ब्रोकाउली खान सकिन्छ । यी खानेकुरामा भरपुर फोलिक एसिड पाइन्छ । यो बच्चाको मस्तिष्क र मेरुदण्ड विकासका लागि अतिआवश्यक हुन्छ । यसले रक्तकोषिका बनाउन मद्दत गर्छ । र, सुत्केरीका बेला हुने पीडालाई कम गर्न मद्दत गर्छ ।

खानेकुरा गर्भावस्था डा. कीर्तिपाल सुवेदी
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?