+
+

गोकुल बास्कोटाले भने-सरकारको न कान छ, न आँखा छ, शून्य समयको के भ्यालु ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते ११:४९

२४ माघ, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभाको शून्य समयको औचित्यबारे प्रश्न उठाएका छन् । जनप्रतिनिधिले उठाएका आवाज सरकारले नसुनेको भन्दै त्यसको औचित्यबारे प्रश्न उठाएका हुन् ।

आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा पूर्वमन्त्री बास्कोटाले आफ्नो गृहजिल्ला काभ्रेका किसानहरुले बेचेको दूधको मूल्य नपाएको र त्यहाँको बाटो पिच नभएको गुनासो गरेका थिए । आफूले पटक-पटक कुरा उठाउँदा पनि बाटो नबनेको उनले बताए ।

‘नबोले पनि हुन्थ्यो । बोल्न किन पर्यो भने मन्त्रीहरु यहाँ छेउँछाउँमा आएर बस्नुहुन्छ,’ भन्दै बोल्न सुरु गरेका बास्कोटाले जनप्रतिनिधिको आवाज सरकारले नसुनेकाले ‘शून्य समयको के भ्यालु’ भनेर प्रश्न गरे ।

बास्कोटाले भने, ‘प्रधानमन्त्रीको भनाइ के छ रामराज्य आइसक्यो । यही हो रामराज्य ? योभन्दा नालायक, योभन्दा गतिहीन, योभन्दा जवाफदेहिताविहीन सरकार इतिहासमा कहिल्यै थिएन । जसको न कान छ, न आँखा छ । कहिले सुन्छ सरकारले ? त्यसैले शून्य समयको के भ्यालु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?