+

चुकन्दरले शरीरमा रगत बढाउँछ ?

२०८० फागुन  २ गते १६:५० २०८० फागुन २ गते १६:५०
Shares
चुकन्दरले शरीरमा रगत बढाउँछ ?

शरीरमा हेमोग्लोबिनको कमी भएमा पोषणविद्हरुले चुकन्दर खाने सल्लाह दिन्छन् । दैनिक जिम जाने, व्यायाम गर्ने, उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि पनि चुकन्दर खान सुझाइन्छ ।

के साँच्चै चुकन्दरले शरीरमा रगत बढाउँछ त ?

चुकन्दरको दैनिक सेवनले शरीरमा रगत बढाउँछ किनभने यसमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले शरीरमा पर्याप्त मात्रामा रातो रक्तकोषिका निर्माण गर्न मद्दत गर्छ । रगतमा पाइने हेमोग्लोबिन नियन्त्रणमा राख्नुका साथै त्यसको स्तर बढाउन पनि चुकन्दर लाभदायक हुन्छ । चुकन्दरले रक्तअल्पता अर्थात् एनिमियाबाट पनि जोगाउन मद्दत गर्छ ।

चुकन्दरमा नाइट्रेट तत्व पाइन्छ । एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी भिटामिन सी, भिटामिन बी १२, फाइबर, पोटासियम, मिनरल्स पाइन्छ । पोषणविद् र अनुसन्धानबाट पुष्टि भएका केही चुकन्दरको केही अचुक फाइदाबारे चर्चा गरौं ।

एन्टी क्यान्सर

चुकन्दरमा मुख्य रुपमा जुन नाइट्रेट तत्व पाइन्छ, जसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसले शरीरमा अनियन्त्रित रुपमा विकास भएका कोषलाई खोजेर नष्ट गर्ने काम गर्छ । क्यान्सर जस्तो डरलाग्दो रोगबाट जोगाउँछ । यसलाई पोषणविद्ले मात्र नभई अनुसन्धानबाट पनि पुष्टि भएको छ ।

केही वर्षअघि इटालीमा गरिएको अनुसन्धानअनुसार चुकन्दरमा पाइने बीटा सायनिन अर्थात् एन्टिअक्सिडेन्ट गुणले कोलोन क्यान्सरका कोषिकाहरुलाई नष्ट गर्ने क्षमता हुने पुष्टि गरेको थियो ।

चुकन्दरमा बीटालेन्स (बीटा सायनिन) भन्ने एउटा प्राकृतिक तत्व हुन्छ, जुन चुकन्दरमा पाइने रातोकण (रातो रंग)मा हुन्छ । यस तत्वले शरीरमा एन्टिअक्सिडेन्ट बनाउन सहयोग गर्छ ।

युनिभर्सिटी अफ एक्सेटर, बेलायतमा एप्लाइड फिजियोलोजीका प्रोफेसर एन्डी जोन्सले १० वर्षसम्म एथ्लेटिक्सहरूको प्रदर्शनको अनुसन्धान गरेका थिए । उनको अनुसन्धान अनुसार जब हामीले चुकन्दर खान्छौं, हाम्रो मुखमा भएका ब्याक्टेरियाले नाइट्रेटलाई नाइट्रिक अक्साइडमा परिणत गर्न थाल्छ । नाइट्रिक अक्साइड एक भासोडिलेटर हो । यसले रक्तनलीहरू फराकिलो बनाएर रगत सजिलैसँग शरीरमा प्रवाह गर्न सहयोग गर्छ ।

शरीरका अंगहरुमा पर्याप्त मात्रामा अक्सिजन पुर्‍याउने काम गर्छ । साथै उनले यसले यौन उत्तेजनाको लागि पनि नाइट्रिक अक्साइडको पर्याप्त आवश्यक हुने बताएको छ । तर हालसम्म यसको कुनै पनि अनुसन्धानले पुष्टि गरेको छैन ।

उच्च रक्तचाप नियन्त्रण

चुकन्दरले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । एक अनुसन्धानले रक्तचाप भएको व्यक्तिले केही हप्तासम्म दैनिक चुकन्दरको सेवन गरेमा रक्तचाप औसतमा पाँच मिलिमिटरले कम हुनसक्ने देखाएको छ । केही हप्ता दैनिक दुईवटा चुकुन्दर खाएमा उच्च रक्तचाप औसत पाँच मिलिमिटरले कम हुनुसक्छ ।

उच्च रक्तचाप नियन्त्रणमा राखेमा मस्तिष्कघात, हृदयघातको जोखिम १० प्रतिशतले कम हुन्छ । साथै चुकन्दर खाएको केही घण्टामा नै उच्च रक्तचाप नियन्त्रणमा प्रभाव देखिन्छ ।

स्वस्थ मस्तिष्कको लागि चुकन्दर

चुकन्दरको दैनिक सेवनले मस्तिष्क पनि चलायमान र स्वस्थ रहन्छ । चुकन्दरले मस्तिष्कमा रक्तप्रवाह बढाउनुका साथै मस्तिष्कको क्षमता समेत बढाउँछ । यसले रगतमा हेमोग्लोबिनको स्तर बढाएर शरीरमा सबै अंगमा अक्सिजन पुर्‍याउँछ । साथै यसले शरीरको चाललाई नियन्त्रण गर्ने मस्तिष्कको भागमा ‘कनेक्टिभिटी’ बढ्छ ।

शारीरिक क्षमता बढाउन

चुकन्दरले शारीरिक क्षमता बढाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । पेट, मस्तिष्क, रक्तचाप नियन्त्रण भएमा शारीरिक क्षमता बढ्छ, मासंपेशीहरु बलियो र ऊर्जावान हुन्छ । किनभने यसको दैनिक सेवनले मांसपेशीहरूलाई अक्सिजन प्राप्त हुने गर्छ । जसले गर्दा शरीरले राम्रोसँग काम गर्छ ।

कलेजो र पाचन प्रक्रियामा सुधार

चुकन्दरको जुस र सलादको सेवन गर्नाले कलेजो र पेटको सफाइ गर्न मद्दत गर्छ । यसमा हुने एन्टिअक्सिडेन्टले कलेजोमा हुने विकारहरूलाई बाहिर निकाल्ने काम गर्छ र कलेजोलाई नियमित रूपमा काम गर्न सक्छ । यसमा भएको फाइबरले पाचन प्रक्रिया बलियो बनाउँछ । यसले कब्जियत भएका बेला पनि राहत पुर्‍याएर पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

मुखभित्र ब्याक्टेरिया सन्तुलनमा राख्न

चुकन्दरको सेवनले मुखभित्र रहेका ब्याक्टेरियाहरुलाई सन्तुलनमा राख्न सहयोग गर्ने धेरै अध्ययनले देखाएका छन् । जसले रोग तथा ब्याक्टेरियाको स्तर कम गर्न मद्दत गर्छ । चुकन्दरको रस दिनमा दुईचोटि १० दिनसम्म सेवन गरेमा मुखभित्र ब्याक्टेरियाको सन्तुलन राख्न मद्दत गर्छ ।

अनुश्री आचार्य चुकन्दर रक्त प्रवाह
अनुश्री आचार्य
लेखक
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम । हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?