+

आँखाले टाढाको दृश्य देख्‍न नसक्ने मायोपिया कसरी हुन्छ ?

२०८० फागुन  २० गते १४:४५ २०८० फागुन २० गते १४:४५
Shares
आँखाले टाढाको दृश्य देख्‍न नसक्ने मायोपिया कसरी हुन्छ ?

आँखामा समस्या भएर चश्मा लगाउनेको संख्या अहिले निकै बढिरहेको छ । बालबालिका, वयस्क, वृद्ध सबै उमेरका धेरै व्यक्तिले चश्मा लगाएको देखिन्छ ।

कसैलाई टाउको दुख्ने, कसैको नजिकको दृष्टि कमजोर भएर, कसैलाई टाढाको दृष्टि कमजोर भएर चश्मा लगाउनुपर्ने अवस्था हुन्छ । जसमध्ये पनि धेरैले टाढाको दृष्टि कमजोर भएर चश्मा लगाएको पाइन्छ । टाढाको दृष्टि कमजोर हुने समस्यालाई चिकित्सकीय भाषामा मायोपिया भनिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को एक अनुसन्धानले विश्वभर मायोपियाको समस्या तीव्र गतिमा बढ्दै देखाएको छ । हाल विश्वभर एक अर्ब ४० करोडभन्दा बढी मानिस यो रोगबाट पीडित छन् । यति मात्र होइन, अनुसन्धानका अनुसार सन् २०५० सम्ममा यो संख्या बढेर पाँच अर्ब पुग्ने पूर्वानुमान गरिएको छ ।

के हो मायोपिया ?

मायोपिया आँखाको टाढाको दृष्टि कमजोर हुने समस्या हो । मायोपिया भएमा टाढाको दृश्य धमिलो देखिन्छ, तर पूर्ण रुपमा नदेखिने भन्ने चाहिं हुँदैन ।

स्वस्थ आँखामा बाहिरबाट आएको प्रकाश रेटिना केन्द्रित हुन्छ । तर मायोपियामा आँखाको बल (प्युपिल) को आकार बढ्छ, जसका कारण आँखामा प्रकाश प्रवेश गर्दा रेटिनामा केन्द्रित हुनुको सट्टा रेटिना भन्दा अलि अगाडि केन्द्रित हुन्छ । र, दृष्टि धमिलो हुन्छ ।

लक्षण

आँखा चिलाउने, टाढाको चीजहरू धमिलो देख्ने, बारम्बार आँखा मिच्नु, टाउको दुख्ने, आँखाबाट आँसु आउनु, आँखा बढी झिमझिम हुनेजस्ता लक्षण देखापर्छ ।

के कारणले हुन्छ ?

मायोपिया हुनुको प्रमुख कारण वंशाणुगत हो ।

वंशाणुगत कारण

परिवारका सबै सदस्यले चश्मा लगाएको छ भने आउने पुस्तामा जन्मजात मायोपियाको समस्या भएको हुनसक्छ । त्यस्तै आँखाको साइज ठूलो भएमा पनि मायोपिया हुन्छ । सामान्तया आँखाको अगाडिदेखि पछाडिसम्म लम्बाइ २४ मिलिमिटर हुन्छ । त्यो भन्दा बढी अर्थात् २५-२६ मिलिमिटर हुँदा मायोपिया हुन्छ । यसमा आँखा लाम्चो आकारमा हुने भएर त्यसको फोकस म्याकुलामा हुँदैन ।

उपचार

मायोपियाको उपचार गैरसर्जिकल र सर्जिकल दुवै तरिकाबाट गर्न सकिन्छ ।

गैरसर्जिकल

मायोपिया भएको खण्डमा नेगटिभ नम्बर अर्थात पावर भएको चश्मा लगाउन सकिन्छ । यसमा चश्मा वा कन्ट्याक्ट लेन्सको प्रयोग गर्न सकिन्छ । सकेसम्म ६ महिनाको एकपटक जाँच गराइरहनुपर्छ ।

सर्जिकल

मायोपियाको लेजर सर्जरीमार्फत उपचार गर्न सकिन्छ । यो चश्मा पावर नियमित रुपमा बढ्दै गएमा गर्नुपर्ने हुन्छ । जुन गैरसर्जिकल भन्दा खर्चिलो हुन्छ । यसको करिब एक लाख रुपैयाँसम्म खर्च लाग्ने गर्छ ।

जोखिम

लामो समयसम्म माइनस (नेगेटिभ) पावरको चश्मा लगाएका व्यक्तिको आँखाको पर्दा च्यातिने समस्या समेत हुनसक्छ । मायोपियाको समस्या बढ्दै गएमा मोतियाबिन्दु र ग्लुकोमा हुँदै दृष्टि गुम्नेसम्मको जोखिम हुन्छ । यस्तो समस्या बालबालिकामा धेरै देखिन्छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले गरेको एक अनुसन्धान अनुसार २०५० सालसम्ममा विश्वका ५० प्रतिशत मानिसहरुमा मायोपिया हुने अर्थात् चश्मा लाग्ने पूर्वानुमान गरिएको छ । जसकारण नियर वर्क थ्योरी र आउट साइट थ्योरीलाई विश्लेषण गरिएको छ ।

नियर वर्क थ्योरी

नजिकबाट हेरेर काम गर्ने मानिसमा मायोपियाको समस्यालाई नियर वर्क थ्योरी भनिन्छ । अहिलेसम्म ठ्याक्कै प्रमाणित नभए पनि दैनिक कम्प्युटर, मोबाइल, ट्याबलेट, ल्याप्टम टेलिभिजन हेर्ने र किताब पढ्ने मानिसलाई यसको जोखिम बढी हुन्छ । यसरी नजिकबाट स्क्रिनमा धेरैबेर काम गर्ने, धेरै किताब पढ्ने  (कम्तीमा एक घण्टा) व्यक्तिलाई दुई प्रतिशत मायोपियाको जोखिम हुन्छ ।

आउट साइट थ्योरी

ताइवानमा सन् २००१ देखि २०१५ सम्म गरिएको एक अनुसन्धानअनुसार घरबाहिर कम निस्किनेलाई पनि मायोपियाको समस्या बढी हुनसक्छ । उक्त अध्ययनअनुसार ताइवानमा सन् २०१२ मा ४९.४ प्रतिशत बालबालिकामा मायोपियाको समस्या देखिएको थियो । तर ताइवान सरकारले बालबालिकालाई कम्तीमा दुई घण्टा घरबाहिर राख्नुपर्ने नियम लागू गरिसकेपछि सन् २०१५ मा ४६.१ प्रतिशतमा झरेको थियो ।

त्यस्तै सन् २००८ मा सिड्नीमा चार हजार विद्यार्थीको तीन वर्षसम्म आँखा परीक्षण गरिएको थियो । यसमा पनि घरबाहिर कम निस्किने बालबालिकामा मायोपियाको समस्या देखिएको थियो ।

मायोपियाको समस्या विपन्न मुलुकको तुलनामा विकसित मुलुकका बालबालिकालाई बढी हुने गरेको छ । किनकि धनी देशमा बालबालिका आउटडोर अर्थात् घरबाहिर कम जाने गर्छन् ।

आँखा रोग डा. कमल खड्का मायोपिया
डा. कमल खड्का
लेखक
डा. कमल खड्का
वरिष्ठ नेत्ररोग विशेषज्ञ

डा. खड्का वरिष्ठ नेत्ररोग विशेषज्ञ हुन् । हाल उनी काठमाडौंस्थित नेपाल आँखा अस्पतालमा मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन् । उनले नेत्ररोगमा एमडी र काटाराक्ट सर्जरीमा फेलोसिप गरेका छन् । डा. खड्काको नेपाल मेडिकल दर्ता नम्बर १२३९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?